उषा आचार्य | साहित्य | चैत्र १५, २०७६
दैव पनि किन होला टाढा सरेको छ आजभोलि ज्यानलाई विपद् परेको छ
न आउँछ स्वयम् ऊ, न टार्छ यो बेला किन लुकाछिपी खेल्ने गरेको छ
बन्द छन् नयन यी मौन छ ओठ काटिए पदचाल पङ्ख झरेको छ
बाँधेका सपना उड्दै छन् हावामा सुसाउँदै उसैले त्रास छरेको छ
कहाँ छ बलेको दियो विश्वासको आफ्नैको छैन भर आशा मरेको छ ।