शिक्षक महासङ्घद्वारा न्यूनतम् एक दिन बराबरको तलब दिन आह्वान

शिक्षक महासङ्घद्वारा न्यूनतम् एक दिन बराबरको तलब दिन आह्वान

लोकसंवाद संवाददाता  |  शिक्षा  |  चैत्र १५, २०७६

काठमाडाैँ । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षक र कर्मचारीलाई आफ्नो न्यूनतम् एक दिन बराबरको तलब सुविधा दिन आह्वान गरेको छ ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले सङ्कलित रकम सरकारलाई हस्तान्तरण गर्ने जनाउँदै कोरोना भाइरसबाट बच्न र बचाउन सबैमा आग्रह पनि गर्नुभयो । उहाँले सरकारले जारी गरेको लकडाउनमा समर्थन जनाउन पनि आग्रह गर्नुभयो ।