कतारबाट आएकी दाङकी  युवतीमा कोरोना नभएको पुष्टी

कतारबाट आएकी दाङकी  युवतीमा कोरोना नभएको पुष्टी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १७, २०७६

तुलसीपुर ः कतारबाट आएकी दाङकी एक महिलाको कोरोना भाइरस रिपोर्ट ‘नेगिटिभ’ देखिएको छ । आइतबार ती महिलासहित बेलझुण्डीको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा रहेका अर्का एक जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

हाल सङ्क्रमित युवती सवार कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा आएकी ती महिलाको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड१९ फोकल पर्सन कमल चन्दले बताउनुभयो ।  उनीहरु दुवैको शनिबार स्वाब सङ्कलन गरी काठमाडौँ पठाइएको थियो । शनिबार ६ जनाको स्वाब पठाएकामध्ये अन्य चार जनाको रिपोर्ट भने आउने क्रममै छ ।