प्रदेश १ मा कोरोना आशंकित २३ नमूना नेगेटिभ

प्रदेश १ मा कोरोना आशंकित २३ नमूना नेगेटिभ

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र १७, २०७६

 प्रदेश नं १ बाट कोरोना भाइरसको आशङ्का गरिएका ३० बिरामीको थ्रोट स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकामा आइतबारसम्म २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र विराटनगरले अन्य सात जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।

यस्तै प्रदेश नंं १ मा कोभिड१९ को आशङ्का  भएका  बिरामीलाई राख्न निर्माण गरिएको आइसोलेसन र क्वारेन्टाइमा आजसम्म  ५१२ जनालाई राखिएको छ । केन्द्रका अनुसार आइसोलेसनमा दुई महिलासहित आठ जनालाई राखिएको छ भने क्वारेन्टाइनमा ६२ महिलासहित ४०४ रहनुभएको छ ।

होम क्वारेन्टाइनअन्तर्गत ९३ महिलासहित ६०९ सुरक्षाका लागि बस्नुभएको छ ।