असिना पानीले गहुँबाली नष्ट

असिना पानीले गहुँबाली नष्ट

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र १७, २०७६

मुगु  । आइतबार परेको असिनापानीले जिल्लाको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्न बाली नष्ट पारेको छ । पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारी बालीलाई  नष्ट पारेको हो । जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको दोस्रो साताबाट गहुँ बाली भित्र्याउने गर्दछन् ।    

बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिका सहीत अछाम जिल्लामा असिनाले  बालीमा क्षति पुर्‍याएकोे बुढीगंगा नगरपालिका १का  धर्मबहादुर भण्डारीले जानकारी दिनुभयो । 

 हावा हुरीसँगै परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकेको जौ र तरकारीलाई  नष्ट पारेको स्थानीय शंकर उखेडाले जानकारी बताउनुभयो ।  ती नगरपालिकामा गहुँबाली बढी उत्पादन हुने गर्दछ । बीउ उत्पादनका लागि लगाइएको गहुँ बालीमा क्षति पुगेको बुढीगंगा नरपालिका–३ गडतोलाका  नरबहादुर रौलेले बताउनु भयो  ।

 जिल्लाका अन्य स्थानीय तहमा जेष्ठ र असारसम्मगहुँबाली पाक्ने गरेपनि त्रिवेणी, बुढीगंगा सहितका स्थानीय तहमा चैतको अन्तिममा नै काट्न थाल्ने गरेका छन् । बेसी क्षेत्र र बढी उत्पादन हुने क्षेत्रका रुपमा पनि लिने गरिएको छ ।

यस अघि आएको असिनाले पनि त्रिवेणी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका क्षेत्रका नोक्सानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।