लकडाउनपछि पनि घर फोहोर राखेर 'फुर्सद भएन' नभन्नुहोला

लकडाउनपछि पनि घर फोहोर राखेर 'फुर्सद भएन' नभन्नुहोला

प्रज्वल अधिकारी  |  दृष्टिकोण  |  चैत्र १८, २०७६

(मेरो अर्थमा सफा भन्नाले धुलोको एउटा कँणपनि नहुनु हो, बुझौँ !)

सबैभन्दा पहिले अहिले हामीसँग युद्द लडिरहेको कोरोनासँग डराएर होइन, हिम्मत जुटाएर प्रतिरोध गरौँ ।

यसका लागि धेरै मिडियाका समाचारहरू नहेरौँ । दिनमा एक पटक हेरेर केके भएछ जानकारी लिने र सतर्क भएर बसौँँ । दुश्मनले जहाँ र जताबाट पनि आक्रमण गर्न सक्छ । होसियार हुने र आफ्नो सस्त्रमा धार लगाएर बस्ने । यो भनेको के ? यो भनेको प्रथमतः आफू मानसिक रूपमा तयार हुने र अन्तिमसम्म पनि यसलाई परास्त गर्छु भनेर निर्भयका साथ उभिने ।

यो गर्नलाई के गर्ने ? यसका लागि आफ्नो खानपानमा अत्यधिक ध्यान दिने । सफासुग्घर रहने र आफूलाई के गर्दा आनन्द आउँछ, त्यो गर्ने । धेरै समाचार हेरियो भने 'पेनिक' हुन सकिन्छ, त्यसैले जानकारीका लागि मात्र समाचार हेरौँ । जुन पायो, त्यो अनलाइनमा आएका कुराहरू नखोलौँ, नपढौँ । 

अब गरौँ कुरा लकडाउनको । लकडाउन भन्नाले जनता आफैँले चाहेर सरकारले चाल्ने कदम हो । यो कर्फ्यभन्दा यो अर्थले फरक छ कि कर्फ्यू सरकारले कुनै पनि आतंक कम गर्न जनतालाई दबाब दिन लगाउँछ भने लकडाउन जनता स्वयंले चाहन्छन् । हामी आफैँले चाहेको भएर घरबाट बाहिर ननिस्कौँ । सरकारले हामीले भनेको मान्यो भने घरभित्रै बसौँ । नत्र फेरि सरकारले बाध्य भएर कर्फ्यू लगाउनुपर्छ ।

अब आयो कुरा घर बस्दाबस्दै बोर भइयो ! यतिबेला पशुपति शर्माको एउट दोहोरी गीत याद आइरहेको छ, 'सुतीसुती खान्छु भन्दा ढाड दुखेर मार्‍यो, ऐया ढाड दुखेर मार्‍यो ।' हामीलाई जसो गरे पनि सुख छैन । सधैँ काममा जाँदा एकछिन फुर्सद भएन, एक हप्ता फुर्सद पाए केके गर्थें भन्नेले अहिले यत्रो फुर्सद छ, हो त्यही केके गर्थें भन्ने काम गर्नुहोस् । 

अफिस र कामको चटारोले पकाउने, खाने गरेर हिँड्दा हिँड्दा तपाईंको ग्यास चुह्लो, किचन स्ल्याब/र्‍याक हेर्नै नहुने भएको होला । हेर्नू त ! पकाउँदा तरकारी झर्‍यो भने टिपेर कराहीमा हाल्न घीन लाग्न सक्छ । अब तपाईंलाई जति फुर्सद छ, यो समयमा त्यसलाई चम्काउनुहोस् ! कसरी ?

भाँडा माझ्ने साबुन र जाली लिनुहोस् अनि चम्काउनुहोस्, कति सजिलो ! हतारहतारमा काम गर्दा चिनी, नुन, मसला आदि राख्ने भाँडा हेरी नसक्नु भएका होलान्, तिनलाई पानीमा ढड्याउनु र माझ्नु ! किचनका टायल/फ्लेक्सहरूमा तरकारी र भात टाँसिएर कात्ती परेको होला, त्यसलाई पनि साबुन र जालीले घोटेर टिलिक्क पार्नुहोस् । 

तपाईंको लिभिङ रुमको गलैँचामा अत्यधिक रौँहरू टाँसिएका हुन्छन् । सोफाका चक्लाहरू फोहोर भएका हुन सक्छन् । लिभिङ रुममा राखिएका सजावटका सामानमा धुलो लागेको हुन सक्छ । टीभीको पछाडि धुलोले डेरा जमाएको हुन सक्छ । किताबको र्‍याकमा किताबहरू असरल्ल परेका हुन सक्छन् । झुमरमा माकुराले जालो लाएको हुन सक्छ । मिहीन ढंगले त्यसलाई सफा गर्नुहोस् । 

 लुँडो, क्यारिम, तास आदि । मोबाइल धेरै नचलाउनुहोस् । मोबाइल त जति बिजी भए पनि तपाईंले समय निकाल्नुहुन्छ । धेरै नसुत्नुहोस्, यसले अल्छी बनाउँछ । यो बेला एकदम जाँगरिलो बन्नुहोस् । यसले तपाईंको इम्युनिटी बलियो बनाउँछ । ब्यायाम गर्ने बानी बसाल्नुहोस् । 

तपाईंको बेड रूममा पनि यसै गरी खाटको कुनामा, खाटमा धुलो टाँसिएको हुन सक्छ । चिसो टालोले त्यसलाई पुछ्नुहोस् । डस्ना, सिरक, सिरानीलाई घाममा सुकाउनुहोस् । ढोका, झ्यालका ह्याण्डिल सफा गर्नुहोस् ।

तपाईंको हतारहतारको जिन्दगीले ट्वाइलेटको जिन्दगी सकिन लागेको हुन सक्छ । पहिला अलिकति हार्पिक, सर्फ र स्याम्पुलाई बाल्टीमा हालेर पानीसँग घोल्नुहोस् । हातमा पञ्जा लगाउनुहोस्, हार्पिक र सर्फले हात खान सक्छ । अब त्यो घोल लगाएर एउटा चामल ल्याएको बोरा काटेर त्यसको सहायतामा ट्वाइलेटको बेसिन, कमोड/प्यान, धारा, वाल टायल, भुइँ टायल, ब्रस राख्ने ग्लास, साबुन राख्ने प्लेट, सावर जताततै सफा गर्नुहोस् । 

जुत्ता राख्ने र्‍याकलाई मिलाएर राख्नुहोस् । बिजुलीका स्विचहरू कोलिन लगाएर सफा गर्नुहोस् । झ्याल र ढोकाहरूमा पनि कोलिन लगाएर सफा गर्नुहोस् । घर/कोठाका कुनाहरूमा माकुराको जालो हुन सक्छ, कुचो लगाउनुहोस् । मार्बल/ भर्‍याङलाई टिलिक्क पार्नुहोस् । भर्‍याङका रेलिङहरूमा टालोले पुछ्नुहोस् । 

घरबाहिर करेसाबारीमा बिभिन्न प्रकारका मौसमी तरकारी लगाउनुहोस् । यो समय बर्खे तरकारीको समय हो । जस्तो- घिरौँला, सिमी, चिचिन्डो, काँक्रो, करेला आदि । 

सधैँ एउटै तरिकाले बस्दा झ्याउ लागेको हुन सक्छ । त्यसका लागि तपाईंले कोठाको डेकोरेसन परिवर्तन गर्न सक्नुहुन्छ ।

कार, बाइक, स्कुटरहरूलाई टिलिक्क पारेर राख्नुहोस् । 

तपाईंको सरसफाई यस्तो हनुपर्छ कि जहाँ एउटा पनि धुलोको कण नहोस् । किनकि तपाईंलाई कुनै हतार छैन र फुर्सदै फुर्सद छ । कोठाका भित्ताहरू फोहोर भएका हुन सक्छन्, सफा गर्नुहोस् । खालि यसो चोक पुगेर हेर्न पाए भन्ने  सोच हटाउनुहोस् ।

यो समय लकडाउनको हो । त्यसैले विभिन्न परिकारहरू बनाएर नखानुहोस् । सकेसम्म जोगाउनुहोस्, यो कति लम्बिन्छ, थाहा छैन । सुरुसुरुमा लकडाउन हुनुभन्दा अगाडि ल्याएको खाद्यान्न टन्न देखिन सक्छ तर यो समय लम्बियो भने यसले आपद दिन सक्छ । ख्याल गर्नुहोस् ।

दराजमा लुगा कोच्चिएका हुन सक्छन्, तिनीहरूलाई सोफोकेसन हुनबाट मुक्त गरिदिनुहोस् । पर्दाहरू फोहोरी भएका हुन सक्छन्, सफा गरिदिनुहोस्, जसले मुसुक्क मुस्काउँछ तपाईंको हरेक बिहान । डाइनिङ, कुर्सी, टेबलको जताततै सफा गर्नुहोला ।

तपाईंको घर/कोठाको सरसफाई यस्तो होस् कि यो लकडाउनपछि तपाईंको घरमा आएका पाहुनाहरू प्रभावित होऊन् ! अहिले यति सरसफाई गर्नुभयो भने भोलिको भागदौडमा बिहान आधा घण्टा सफा गरे पुग्छ तपाईंलाई ।

हरेक सामान राख्ने एउटा निश्चित स्थान बनाउनुहोस् र त्यो सामान चलाएपछि त्यहीँ राख्ने बानी बसाल्नुहोस् । ल्यापटप, चस्मा, मोबाइल सफा राख्नुहोस् ।

आफ्ना सन्तानसँग खेल्नुहोस्, गाउँमा बाआमालाई फोन गर्नुहोस्, वाईफाई संभव छ भने धीत मरुन्जेल गफ गर्नुहोस् ।

फुर्सदै नभएर लेख्नै पाएको छैन भन्नेले लेख्नुहोस् । पढ्न पाइएन भन्नेले पढ्नुहोस् । यो समय सरकारले तपाईंका लागि दिएको अमूल्य समय हो । यसको भरपूर उपयोग गर्नुहोस् । 

पूजा कोठा सफा गर्नुहोस् । पूजाको थाली, दियो, कलश, शंख, घण्टा तिहारदेखि सफा भएका छैनन् होला, राम्ररी सफा गर्नुहोस् । बिजुलीका बल्ब, ट्युबलाइटलाई टालोले पुछ्नुहोस् । 

यो कोरोना त आउँछ, जान्छ तर यो बानीले तपाईंलाई जीवनमा आइपर्ने स्वास्थ्यसम्बन्धी अनेक समस्याबाट जोगाउन ठूलो मद्दत पुर्‍याउँछ । आफूलाई के गर्दा मजा लाग्छ, त्यसको मजा लिनुहोस् । घरका सबै सदस्य मिलेर खेल्न मिल्ने खेल खेल्नुहोस् । जस्तो : लुँडो, क्यारिम, तास आदि । मोबाइल धेरै नचलाउनुहोस् । मोबाइल त जति बिजी भए पनि तपाईंले समय निकाल्नुहुन्छ । धेरै नसुत्नुहोस्, यसले अल्छी बनाउँछ । यो बेला एकदम जाँगरिलो बन्नुहोस् । यसले तपाईंको इम्युनिटी बलियो बनाउँछ । ब्यायाम गर्ने बानी बसाल्नुहोस् । 

अब एउटा के मनन् गर्नुहोस् भने, यति लामो लेखमा मैले कोरोना एक-दुई पटक मात्र सम्झिएँ, तपाईं पनि यसै गर्नुहोस् । पेनिक नहुनुहोस् !

यति नगरेर कुनै दिन म तपाईंकहाँ आउँदा फोहोर देखेर 'के हो यस्तो ?' भन्दा 'फुर्सद नभएर' नभन्नुहोला !

धन्यवाद !