कोभिड- १९ विरुद्धको लडाईमा केएमसी: ५० वटा आईसोलेसन र ५० वटा कोभिड शैयासहित मैदानमा

कोभिड- १९ विरुद्धको लडाईमा केएमसी: ५० वटा आईसोलेसन र ५० वटा कोभिड शैयासहित मैदानमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र १८, २०७६

काठमाडाैँ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको विरुद्धको लडाईमा काठमाडौ मेडिकल कलेज पनि नेपाल सरकार तथा जनतालाई आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको कलेज व्यवस्थापनले जानकारी गराएको छ ।

कलेजका अनुसार  महामारीको लागी कलेजले आफ्नै पहलमा विभिन्न तयारी गरेको छ । जस अनुसार काठमाडौं र दुवाकोट गरी दुवै जिल्लामा रहेको कलेजको अस्पतालमा ज्वरो क्लिनीक संचालनमा रहेको छ तथा शंकास्पद विरामीहरु आएमा अस्पताल मै आईसोलेसनमा राख्न पहिलो चरणमा ७ वेडको कोरोना आईसोलेसन क्यूबिकल वार्ड, १० बेडको कोरोना केयर वार्ड तथा ३ वटा भेन्टिलेटर सहित कोरोना केयर आईसियू बेड को स्थापना गरेको छ ।

कलेजले अस्पतालमा कोभिड- १९ को व्यस्थापनको लागी टाक्स फार्स नै गठन गरेको छ । सर्वसाधारणहरुलाई आफुलाई शंका लागेमा ज्वरो क्लिनीकमा गई वा फोनवाट समेत आवश्यक जानकारी लिन सकिने व्यवस्था मिलाईएको छ । 

यस कलेजले सरकारको सहयोग पाएमा दुवाकोट अस्पतालमा २२ वटा तयारी अवस्थाको क्याबिन, १०० साधारण शैया (५० वटा आईसोलेसन र ५० वटा कोभिड शैया), ५ वटा भेन्टिलेटर सहित १० वटा आईसियू संचालन गर्ने योजना गरेको जानकारी गराएको छ । यदी भविश्यमा के.एम.सी अस्पतालका सम्पूर्ण वेडहरु उपचारमा प्रयोग गर्न परेमा पनि सरकारलाई सहयोग गर्न तयार गरेको जानकारी दिइएकाे छ । यस सम्बन्धमा केएमसी व्यवस्थापनले  स्वास्थ्य मन्त्रालय तथा भक्तपुरका स्थानीय सरकारलाई  पत्राचार गरि सकेको जनाएकाे  छ । 

यो महामारी वाहेक अन्य कारणले विरामी भई आकस्मीक सेवा लिन पर्ने भएमा शल्यकृया सहित सम्पूर्ण आकस्मीक सेवाहरु, आईसियू लगायतका अन्तरङ्ग सेवाहरु पूर्ववत रुपमा नै संचालन गरिएको र  सर्वसाधारण जनताहरुलाई स्वास्थ्य सम्बन्धि केही समस्या आई घरवाट नै परामर्श लिनु परेमा अस्पतालले सो समेतको व्यवस्था गरेको र सम्बन्धित चिकित्सकहरुको नाम, टेलिफोन नं, बार र समय फेसबुक लगायत उपलब्ध मिडियाहरुमा मार्फत जानकारी गराईएको कलेजले जानकारी दिएकाे  छ । 

 अकस्मात ज्वरो आई अस्तालमा आउनु भएका वा कोरोनाको शंका लागेर आउनु भएका वा अन्य कुनै कारण स्वास्थ्य सम्बन्धित आकस्मिक समस्या आई आकस्मीक सेवा लिनु परेका विरामीलाई प्रोटोकल बमोजिम सेवा दिईहेको र घरवाटै विशेषज्ञ चिकित्सकहरु संग आफ्नो समस्याको वारेमा यस लकडाउन अवधिमा परामर्श पाउन सक्ने सुविधा पनि थप गरि विरामीहरुलाई सेवा दिईरहिएको यस अस्पतालका मेडिकल डाईरेक्टर प्रा. डा. मुकुन्द राज जोशीले वताउनु भएकाे छ ।  

यस घातक कोरोना भाईरस विरुद्ध लड्न तिनै तहका सरकार र स्वास्थ्य मन्त्रालय तथा सरोकारवाला निकाय र सर्वसाधारणहरुलाई आवश्यक सहयोग गर्न यस कलेज परिवार (व्यवस्थापक, चिकित्सक तथा कर्मचारीहरु) प्रतिवद्ध समेत  कलेजका तर्फबाट कार्यकारी प्रमुख प्रा.डा. चन्दा कार्कीले  व्यक्त गर्नु भएकाे छ ।