अनलाइन पत्रकार संघकाे  घोर निन्दा र भत्सना (विज्ञप्तीसहित)

अनलाइन पत्रकार संघकाे  घोर निन्दा र भत्सना (विज्ञप्तीसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १८, २०७६

काठमाडाै । अनलाइन पत्रकार संघले ०७६ चेत्र १८ गते म‌गलबार एक  विज्ञप्ती प्रकािशत गरी  नेपाल प्रेस काउन्सिलको निर्णयले हालै विभिन्न १७ वटा अनलाइन संचारमाध्यम नेपालभित्र प्रकासनरप्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसंचार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । 

संघका अध्यक्ष शिवप्रसाद सत्यालद्वारा जारी विज्ञप्तीमा संविधान  र  कानुनको वर्खिलाप हुने सामग्री प्रकासनरप्रशारण गरेमा सोही कानुनको व्यवस्था अनुसार कसुरदार ठहर गरी कानुनी कारबाही गर्न सकिने व्यवस्था हुँदाहुदै प्रेस काउन्सिलले प्रशासनिक र न्यायिक निकायको जस्तो व्यवहार गरी संचार माध्यम बन्द गर्न गराउन अग्रसर हुनु नेपालको प्रेस स्वतन्त्रता आन्दोलनकै लागि गम्भीर धक्का हो भनि उल्लेख गरेकाे छ । साथै  सम्भावित संक्रमण रोक्न सरकारले विशेष निर्णय गरेको मौका छोपेर पत्रकारितामाथि गरिएको यो प्रकारको प्रहार अनलाइन पत्रकार संघलाई सह्य छैन । कुनै पनि बहानामा अनलाइन संचार माध्यम बन्द गर्ने गराउने कार्यको अनलाइन पत्रकार संघ घोर निन्दा र भत्सना गर्दछ । अनलाइन पत्रकार संघ यस्तो गैरसंवैधानिक र गैरकानुनी कार्य तत्काल रोक्न सम्बन्धित सरोकारवालालाई आग्रह गर्दछ ।

साथै अनलाइन संचार माध्यमहरुले पनि जिम्मेवार भएर आफ्ना सामग्री प्रकाशन/ प्रशारण गरेर पत्रकारिताको मूल्य, मान्यता, पत्रकार आचार संहिता जस्ता विषयको अक्षरस पालना गर्न अनलाइन पत्रकार संघ सबै अनलाइन संचारमाध्यमसँग आग्रह गर्दछ भनिएकाे छ । 

विज्ञप्ती यस्ताे रहेको छ ।