भविष्यवाणीकाे कसीमा कोरोना: वैज्ञानिकको भन्दा उपन्यास तथा सिनेमा उल्लेखित महामारीको मात्र चर्चा

भविष्यवाणीकाे कसीमा कोरोना: वैज्ञानिकको भन्दा उपन्यास तथा सिनेमा उल्लेखित महामारीको मात्र चर्चा

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  चैत्र १९, २०७६

संसारभर फैलिएको कोरोना -१९ भाइरसको महामारीबाट सम्पूर्ण विश्व आतङ्कित भइरहेको छ । करिब आधा विश्व लकडाउनको अवस्थामा छ भने युरोप तथा अमेरिकामा मृत्युदर बढ्दै छ । यसै समयमा विभिन्न सोसल मिडियाहरूमा कोरोना भाइरसको भविष्यवाणी  धेरै पहिले नै भएको कुराहरू आइरहेको छ । यसै सिलसिलामा Sylvia Browne ले सन् २००८ मा लेखिएको किताब ‘इन्ड अफ डेज’ खुबै चर्चित  समेत भएको छ । यस किताबमा लेखिएको अनुसार सन् २०२० मा निमोनिया जस्तो बिरामी संसारभर फैलन्छ र यसले श्वासप्रश्वास तथा फोक्सोमा असर गर्दछ । यस किताबअनुसार यो बिरामी छोटो  समयमानै बिलाएर जान्छ । हुन त कोरोना- १९ भाइरस सन् २०२० मा महामारीको रूपमा फैलिएको हो । तर किताबको भनाइअनुसार त्यति चाँडै नै रोकिने वाला भने  छैन । 

यस्तै प्रकारले Dean koontaz द्धारा सन् १९८१ मा लेखिएको उपन्यास ‘द आइज अफ डार्कनेस’ पनि चर्चित छ । यस उपन्यासमा लेखिएअनुसार एउटा चाइनिज वैज्ञानिक लिचेन वायोलोजिकल हतियार ‘वुहान-४००’ ले अमेरिकामा वरवादी गर्ने  प्रयाेग गर्न उपयोग उल्लेख गरिएको  छ । यस किताबमा उल्लेख भएको वुहान शब्दले गर्दा हाल यो उपन्यास चर्चित भएको छ । वास्तवमा सुरुको संस्करणमा  ‘गोर्की -४००’ नामकरण गरिएको  थियो । जो रसियाको सहरसँग सम्बन्धित थियो तर   सन् १९८९ को संस्करणमा ‘वुहान ४००’ नामकरण गरियो । यस उपन्यासमा उल्लेख भएअनुसार यो भाइरस  ४ घण्टामै सङ्क्रमण हुने र २४ घण्टा मै मृत्यु हुने कुरा उल्लेख गरिएको छ  । वास्तवमा कोरोना भाइरस यति छोटो समयमा नै सङ्क्रमणको असर देखिन्न र १०० प्रतिशत मृत्युदर पनि छैन । 

संसारभर भाइरसको महामारी फैलिएको यो पहिलो चोटि भने हैन । हामीले इतिहासलाई विचार गर्ने हो भने यस्ता महामारी पहिले पनि भएका थिए । यस्ता घटनालाई आधार मानेर विभिन्न किताब, उपन्यास तथा सिनेमाहरू पनि बनेका छन् । यसै सिलसिलामा सन् १९२७ मा प्रकाशित ‘द कलर आउट अफ स्पेश’ मा उल्का पिण्डको मार्फत संसार भरी महामारी फैलिएको कुरा उल्लेख भएको छ । यस्तै प्रकारले सन् १९८५ मा प्रकाशित उपन्यास उपन्यास ‘व्ल्ड म्युजिक’ मा एक जना वैज्ञानिकले आफ्नो ल्याबबाट निकालिएको प्रतिशोधमा आफ्नो शरीरमा भाइरस प्रतिस्थापन गरी महामारीको रूपमा फैलिएको कुरा उल्लेख गरिएको छ । 

हुन त लेखकहरू कल्पनाशील तथा दूरदर्शी हुन्छन् ।  तर, हाल संसारमा फैलिएको कोरोना भाइरसको महामारी र यसको प्रभावको बारे दुरुस्त कुनै पनि किताबहरूमा उल्लेख भएको छैन । 

यस्तै प्रकारले ‘द फ्लुु' नामक साउथ कोरियन सिनेमा पनि भाइरसको प्रकोप बारे देखाइएको छ । भाइरसको प्रकोपबारे विभिन्न सिनेमाहरूमा उल्लेख भएकन छन् जस्तै Bruce Wills र Brad Pitt द्वारा अभिनीत '12 Monkey'  सन् १९९५ प्रदर्शित सिनेमा ‘आउट ब्रेक’, ‘२८ डे लेटर’ जस्ता सिनेमाहरूमा पनि भाइरसको महामारीको कुरा उल्लेख गरिएको थियो । तर कुनै पनि सिनेमाले अहिलेको जस्ताे कोरोना भाइरसको महामारीको  घटना उल्लेख भने गरेका छैन ।

चमेराबाट निस्कने कोरोना भाइरसले भविष्यमा महामारीको रूपमा लिन सक्ने कुरा उल्लेख गरेका छन् । उनका लेखअनुसार यो भाइरस चीनबाट फैलने सम्भावना छ र कहिले र कुनठाउँबाट भन्न नसकिए पनि यसका निम्ति तयार हुनु पर्ने कुरा उल्लेख गरेका छन् । Yi Fan को वैज्ञानिक लेखलाई विश्व समुदायले महत्त्व दिएको भए हामीले कोरोना भाइरसको महामारीलाई पहिले नै नियन्त्रण गर्न सक्ने थियौँ होला । 

 


कसैकसैले सोह्रौँ शताब्दीका भविष्यवक्ता नास्द्रोदामासले पहिले नै अहिलेको महामारीको भविष्यवाणी गरेको कुरा उल्लेख गरेका छन् । नास्द्रोदामासले करिब १ हजार वटा भविष्यवाणी कोड भाषामा उल्लेख गरेको पाइन्छ । यसै सिलसिलमा कोड भाषामा इटालीको वरवादीको बारे पनि उल्लेख गरेका थिए । तर यो भविष्यवाणी अहिलेको इटलीको चित्रण नै हो  भनेर कसैले ठोकुवा गर्न सकेका छैनन् । कसै कसैले अर्का भविष्य वक्ता बाबावाङगालाई पनि जोड्ने गर्दछन् । तर अहिलेसम्म कसैले पनि कोरोना भाइरसको भविष्यवाणी गर्न सकिरहेका थिएनन् ।
यस्तै प्रकारले हलिवुडको चर्चित सिनेमा Contagion पनि अहिले चर्चामा रहेको  छ । Steven soderbergn द्वारा निर्देशित तथा Scott z. Burns द्वारा लेखिएको र Marion Cotillard, Matt Damon तथा Laurence Fishburne  जस्ता चर्चित कलाकारहरूले अभिनीत सिनेमा सन् २०११ मा रिलिज भएको थियो । सामान्य रूपमा व्यवसायी सफल भएता पनि यस सिनेमाको प्रशंसा सबै तर्फबाट भएको थियो । यस सिनेमाको टाइटल ‘नोथिङ स्प्रेड् लाइक फियर’ अहिलेको अवस्थामा सान्दर्भिक रहेको  छ । यस सिनेमामा MEV-1 भाइरस सन्सारभर फैलिएर महामारीको रूप लिएको कुरा उल्लेख गरिएको छ । यस सिनेमामा यो भाइरस चमेरामाबाट सुँगुरमा सर्दछ र सुँगुरबाट मनुष्यमा सर्ने  कुरा उल्लेख गरिएको छ ।  यस सिनेमा हात नधोएर जसले हात मिलाउँछ,  उसमा भाइरस सर्ने र यो भाइरस ७२ घण्टाभित्र सङ्क्रमित बनाउने र यसको मृत्युदर उच्च रहेको उल्लेख  गरिएको छ । हुन त अहिलेको कोरोना भाइरससँग कुनै समानता त छैन तर अहिलेका विश्वको महामारी बारे  केही हदसम्म देखाइएको छ । केही व्यक्तिहरू भन्न थालेका छन् कि कोरोना भाइरसको महामारीकोबारे चर्चित कार्टुन  ‘द सिम्पसोन्स’मा  सन् १९९३ मा उल्लेख गरिएको थियो । वास्तविकता त्यो चाहिँ हैन । ‘सिम्पसोन्स’ को चौथो सिरिज 'Marge in Chainas मा ‘ओसाका फ्लु’ को कुरा उल्लेख गरिएको थियो । यो भाइरस जापनिज फ्याक्ट्रीमा कामदारको खोकीको मार्फत सङक्रमण  हुँदै अमेरिका पुगेको थियो र अमेरिकन भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरिएको थियो ।

तर केही बुद्धिजीवी तथा वैज्ञानिकहरूले विश्वमा महामारी फैलन सक्ने अवस्थाको भने चित्रण गरेका थिए । यसै क्रममा विज्ञ Michacl Osterholmले सन् २०१७ मा आफ्नो किताब ‘डेडलिलिस्ट इनेमीः आवर वार अगेन्सट किलर जम्स’ मा भविष्यमा आउने महामारीको बारे सचेत गराएका थिए । यस्तै प्रकारले फ्लुविज्ञ Rebert G. Wisbaster ले ‘फ्लु हन्टरः  अनल्याकिङ द स्क्रेरेट्स अफ अ भाइरस’ किताबमा महामारीको बारे उल्लेख गरिएका थिए । 

यसै कडिमा भविष्यमा आउने महामारीको बारे Bill Gates ले सन् २०१५ 'TED Talk Program' मा दिएको वक्तव्य अति नै महत्त्वपूर्ण छ । उनले सन् १९१८ मा फैलिएको ‘स्पेनिस फ्लू’को कुरा उल्लेख गरेका थिए । जसको कारण २६३ दिनमा करोडौ मानिसको मृत्यु भएको थियो । 

त्यस्तै प्रकारले सन् २०१५ मा फैलिएको इबोला भाइरसले करिब १० हजार मानिसको मृत्यु भएको थियो । उनले विभिन्न महामारी भाइरस जस्तै इबोला, निप्पो, सार्स, मर्स आदिको उल्लेख गर्दै वैज्ञानिक ढङ्गले मडलिङ्ग टेक्निकबाट भविष्यमा आउने महामारीको कुरा उल्लेख गरेका थिए ।  उनका भनाई अनुसार हामीले भविष्यमा घट्ने युद्धको तयारी  त गरेका छौँ तर महामारीको तयारी भने त्यसरी भएको छैन । जसले गर्दा हामीले ठुलो क्षति बेहोर्नु  परिरहेको छ  । उनको यो अनुमान अहिलेको घटनासँग मिल्न आउँछ । यदि उनको भनाइलाई गम्भीरताका साथ लिएको भए विश्लेवले  यत्रो त्रासदी बेहोर्नु पर्ने थिएन । 

तर कसैको नजरमा नपरेको बैज्ञानिक Yi Fan ले Viruses नामक जर्नलमा २ मार्च २०१८ प्रकाशित 'bat Coronaviruese in china ( Fan, Yi, et.al, 2019) मा जस्तो वैज्ञानिक रूपमा सटिक  भविष्यवाणी गरिएको थियो । यस लेखमा चमेराबाट निस्कने कोरोना भाइरसले भविष्यमा महामारीको रूपमा लिन सक्ने कुरा उल्लेख गरेका छन् । उनका लेखअनुसार यो भाइरस चीनबाट फैलने सम्भावना छ र कहिले र कुनठाउँबाट भन्न नसकिए पनि यसका निम्ति तयार हुनु पर्ने कुरा उल्लेख गरेका छन् । Yi Fan को वैज्ञानिक लेखलाई विश्व समुदायले महत्त्व दिएको भए हामीले कोरोना भाइरसको महामारीलाई पहिले नै नियन्त्रण गर्न सक्ने थियौँ होला । 

हाम्रो समाज विज्ञानको भनाइलाई खासै महत्त्व दिदैनौँ । जब समस्या पर्दछ विज्ञानबाट आशा गर्दछौँ । यसै सन्दर्भमा स्पेनिस वायोलजिस्टको भनाई सान्दर्भिक छ । उनको भनाई अनुसार  हामी मिलियन डलर फुटबल खेलाडीलाई दिन्छौ र १–२ हजार डलर वैज्ञानिकलाई दिन्छौँ र रातारात समस्याको समाधान चाहन्छौँ । 

अहिले पनि समाज काल्पनिक उपन्यास तथा सिनेमाको चर्चा गर्छौँ तर Bill Gates ले दिएको वक्तव्य तथा Yi Fan द्वारा लेखिएको लेखको कुनै चर्चा गर्दैनाैं । जबसम्म वैज्ञानिक तथा चिन्तकहरूको मार्गदर्शनलाई महत्त्व दिदैनौ विश्व समाज यस्ता खालका समस्याहरूबाट सधैँ ग्रसित हुन्छ । अतः अहिलेको समस्यालाई वैज्ञानिक तथा विज्ञहरूको सुझावअनुसार समान गर्न पनि कोसिस गरौँ ।