सरकारी कोषामा आयल निगमले ५० करोड उपलब्ध गरायो

सरकारी कोषामा  आयल निगमले ५० करोड उपलब्ध गरायो

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २०, २०७६

नेपाल आयल निगमले कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ । निगमले आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । 

निगमले पहिला देखि नै राष्ट्रिय विपद्को समयमा सरकारलाई सहयोग गर्दै आएकोमा यसपटक पनि सोही सहयोगको निरन्तरता भएको जनाएको छ । 

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले सरकारले चालेको कदममा सहयात्री बन्न पाउँदा निगम परिवारले गौरव महसुस गरेको बताए । 

कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सबैले सहयोग गर्नसमेत निगमले अनुरोध गरेको छ ।