५. ३ प्रतिशतको आर्थिक वृद्धि हुने एडीबीको अनुमान

५. ३ प्रतिशतको आर्थिक वृद्धि हुने एडीबीको अनुमान

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २१, २०७६

एसियाली विकास बैंक एडीबी ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशत हुने अनुमान गरेको छ । विश्‍वव्यापरी रफमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको एडीबीको प्रक्षेपण रहेको छ । 

शुक्रबार सार्वजनिक गरिकएको एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले चालु आवमा ५.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको हो । औद्योगिक र सेवा क्षेत्रले आपूर्तिमा अवरोधको सामना गर्नुपर्ने, आर्थिक वर्षको अन्तिम त्रैमासमा आन्तरिक माग घटाउने गरी विप्रेषण घट्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । 

अघिल्लो वर्ष ४.६ प्रतिशत थियो । चालु वर्षको पहिला सात महिनामा खाद्य तथा ऊर्जा जस्ता वस्तुको उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको ४.२ प्रतिशतको तुलनामा उल्लेख्य रूपमा बढेर औसतमा ६.५ प्रतिशत छ । २०७६ को माघको अन्त्यमा तरकारी, मसला र मदिराजन्य पेय पदार्थसहित खाद्य वस्तुको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको छ । कोभिड–१९ का कारण अस्थायी रूपमा गरिएको सीमा बन्दले खाद्यान्नको मूल्य बढाएको जनाइएको छ ।