कोरोना रोककथा, नियन्त्रण तथा उपचार कोषमा बीमा कम्पनीको दुई करोड

कोरोना रोककथा, नियन्त्रण तथा उपचार कोषमा बीमा कम्पनीको दुई करोड

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २१, २०७६

राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु दुई करोड सहयोग गर्ने भएको छ । कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सञ्चालक प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कोरोना भाइरसको रोकथामका लागि काम गरिरहेका छन् ।

नेपाल सरकाको नीतिअनुसार काम गर्न मद्दत पुगोस् भनेर सङ्घीय सरकार र प्रदेश सरकारलाई रकम सहयोग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

कम्पनीले सङघीय सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा रु एक करोड ६५ लाख तथा सातै प्रदेश सरकारले स्थापना गरेको कोषमा रु पाँच लाखका दरले रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।