कोरोना चतुष्पदी

कोरोना चतुष्पदी

डा. घनश्याम परिश्रमी  |  साहित्य  |  चैत्र २२, २०७६

विषमय वातावरण छ अहिले ।
हाेला यो विष फिर्ता कहिले ।।
जनजन मनमा संशय छायो ।
काेराेनाले त्रास बढायो ।।

सहजै यसले परिचय दिन्न ।
चक्षु ज्याेतिले देख्न सकिन्न ।।
जीवनघाती वाण चलायाे ।
विषकाे अणु यसरी बहुलायाे ।।

सर्दै, डस्दै फैलिरहेछ ।
दुनियाँभर सर्वत्र पुगेछ ।।
सीमा ताेड्दै घुस्दछ भित्र ।
काेराेनाकाे दुष्ट चरित्र ।।

त्रासद यसका क्रियाकलाप ।
सबतिर सन्तापै सन्ताप ।।
राेग अनौठो जीवनघाती ।
लड्नु छ यससँग मानव जाति ।।

अायाे सबतिर अापत अायाे ।
मौका मिल्दा च्याप्प समायाे ।।
जनमानसमा डर फैलायाे ।
काेराेनाले निकै सतायाे ।।

बाहिर निस्के खतरा बढ्छ ।
मौका पाए तनमा चढ्छ ।।
बस्नु छ घरमा गरी सफाइ ।
यसरी जित्नु छ अणु विषलाई ।।

छन्द : पादाकुलक/चौपाई