लकडाउनको समयमा घरेलु मदिरा ओसारपसार गर्ने व्यक्ति पक्राउ

लकडाउनको समयमा घरेलु मदिरा ओसारपसार गर्ने व्यक्ति पक्राउ

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २२, २०७६

काठमाडौं । लकडाउनको अवस्थामा घरेलु मदिरा ओसारपसार गर्ने ललितपुर सानेपा घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० सतुंगल बस्ने ४० वर्षीय सुनिल महर्जनलाई २०७६ चैत्र १ गते  शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका- १२ गुर्जुधारामा थानकोटदेखि कलंकीतर्फ जाँदै गरेको बा. ३८ प ९१४७ नम्बरको मोटरसाइकलमा २२ लिटर घरेलु मदिरा ओसारपसार गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले फेला पारी चालक महर्जनलाई पक्राउ गरेको हो ।

महर्जनलाई बरामद मोटरसाइकल र घरेलु मदिरा सहित आवश्यक कानूनी कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालय कलंकी पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।