छुरा प्रहार गर्ने बिजय लिम्बु  पक्राउ

छुरा प्रहार गर्ने बिजय लिम्बु  पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७६

मोरङ । छिमेकीलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पथरी शनिश्चरे नगरपालिका- १ सुनाखरी चोक बस्‍ने २७ वर्षीय बिजय लिम्बुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जग्गाको साँध सिमानाको बिषयको विवादमा लिम्बुले छिमेकी ६५ वर्षीय दिलिप तामाङलाई छुरा प्रहार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो । घाइते दिलिपको पथरी अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा बिराटनगर महानगरपालिका(४ डेरा गरी बस्ने पाँचथर घर भएका २६ वर्षीय काजी गुरुङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । सामान्य बिवादको कारण गुरुङले सोही स्थान डेरा गरी बस्ने २५ वर्षीय बिशाल थापालाई कुटपिट तथा चक्कु समेत प्रहार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । घाइते थापाको लाईफ गार्ड अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।