कोरोनाले समाजमा पारेको सकारात्मक प्रभाव

कोरोनाले समाजमा पारेको सकारात्मक प्रभाव

शर्मिला शर्मा  |  दृष्टिकोण  |  चैत्र २३, २०७६

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड- १९)ले अहिले विश्वभर नै भय र त्रास सिर्जना गरेको छ । गत डिसेम्बर अन्तिममा देखिएको यो भाइरस अहिले एसिया र युरोप हुँदै २ सयभन्दा बढी राष्ट्रमा फैलिइसकेको छ । 

विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । संक्रमितको संख्या १० लाख नाघेको छ ।

यसका कारण विश्‍व अर्थतन्त्रमा नै ठूलो प्रभाव पर्ने र उच्च गिरावट आउने प्रक्षेपण गरिएको छ । कतिपय विकासोन्मुख देश भोकमरीको चपेटामा पर्ने सङ्केत देखिइसकेको अवस्थामा यसले सामाजिक हिसाबमा भने सकारात्मक प्रभाव पारेको देखिन्छ ।

समाजका तत्त्वहरू परिवार, समुदाय, धर्म, संस्कृति, परंपरा, जनसंख्या र आर्थिक क्रियाकलापमा सकारात्मक प्रभाव पारेको देखियो । नेपाली समाजलाई हेर्दा संयुक्त परिवारबाट एकल परिवारमा रूपान्तरण भई आफ्नो परिवारसँग टाढिएर शहरमा केन्द्रित गरिदिएको छ । गाला चाउरी परेका बुबाआमालाई गाउँमा एक्लै छाडेर शहरमा यो ठाउँमा यति आना घडेरी भन्दै शहरको जनघनत्व उच्च वृद्धि भएको हाम्रो सोच अब गाउँघरलाई पनि सम्मान दिने बनाएको छ । 

यी आदि तथ्यलाई विचार गर्दा कोरोना भाइरसले सङ्कट र त्राससँगै नेपाली समाजमा शान्ति, मेलमिलाप, सद्भाव पनि वृद्धि गरेको अवस्था छ । एजलकाँटे र स्वार्थी अनि आडम्बरी बन्दै गएको नपाली समाज र व्यक्तिको मनोविज्ञानमा पनि आमूल परिवर्तन ल्याइदिएको छ ।

शहरको सीमित स्रोत, क्षेत्र र एउटकै कोठामा सीमित रहेका बालबालिका मोबाइल र इन्टरनेट बिर्सिएर गाउँमा रहेका हजुरबुबा, हजुरआमाको काखमा रमाइलो गरेका छन् । गाउँको बाँझिएको जमिन अहिले छोराबुहारी गएपछि खनजोत हुन थालेका छन् । ऐँचोपैँचो, अर्मपर्म बिर्सिएको हाम्रो समाजले फेरि यी सुरु गरेका छन् ।

शहरको जनसंख्या वृद्धि भई गाउँघरको जनघनत्व घट्दै गएको हाम्रो समाजमा अब जनघनत्वमा पनि प्रभाव पार्ने देखिन्छ । गाउँघरमा एउटा घरमा बुढाबुढीबाहेक कोही नबस्ने अवस्था थियो । युवा पुस्ताहरू गाउँघर जाँदा बुढा भइसकेका बाआमाले पनि मलामी पाइने भइयो भनेर दंग छन् । नातिनातिनाले गाउँघरको मानवीय गुण, माया, सद्भाव र संस्कार आफ्ना हजुरबुबा, हजुरआमाबाट सिक्नेछन् । 

यससँगै हामी नेपालीको प्रमुख धर्म हिन्दुहरूको परंपरा र संस्कारलाई पनि विश्‍वले नै पहिलो नम्बरमा राख्यो । नेपाली समाजमा चल्दै आएको प्रथा , परंपरा र संस्कारले पनि निरन्तरता पाएको अनुमान लगाउन सकिन्छ । 

विश्‍वमानै महामारीको रूपमा फैलिइरहेको कोभिड- १९ ले नेपाली समाजमा नकारात्मक सँगसँगै केही सकारात्मक प्रभाव पारेको देखिएको छ । सामान्य टाउको दुख्दा सिटामोल खाने बानी परेका हामी जडिबुटी किन्न खोज्न थाल्यौँ ।खेतबारीमा अदुवा र बेसार उब्जाउन थाल्यौँ । पैसा नै सबथोक हो भनेर जे पनि गर्न पछि नपरेको हाम्रो समाजमा स्वास्थ्य नै ठूलो हो भन्ने कुरा सिकायो । पारिवारिक मेलमिलाप र सामाजिक सद्भावमा रमाउन सिकायो ।

यी आदि तथ्यलाई विचार गर्दा कोरोना भाइरसले सङ्कट र त्राससँगै नेपाली समाजमा शान्ति, मेलमिलाप, सद्भाव पनि वृद्धि गरेको अवस्था छ । एजलकाँटे र स्वार्थी अनि आडम्बरी बन्दै गएको नपाली समाज र व्यक्तिको मनोविज्ञानमा पनि आमूल परिवर्तन ल्याइदिएको छ ।