राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७६

नेपाल राष्ट्र बैंकको गभर्नरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका महाप्रसाद अधिकारी नियुक्ति पाएका छन् । सोमबार बसेको  मन्त्रिपरिषद् बैठकले गभर्नर जिम्मेवारी अधिकारीलाई दिएको हो ।

अधिकारी १६ औँ गभर्नर सिफारिश गर्दा पनि ३ जनाको सूचीमा परेका थिए  । राष्ट्र बैंकको जागरिबाट अवकाश पाएको ४ वर्षपछि आगामी ५ वर्ष काम गर्न अधिकारी राट्र बैंक पुग्न सक्षम भएका छन् ।

खोटाङमा जन्मिएका अधिकारीले भारतबाट सीए पास गरेका थिए । विस २०४२ सालमा राष्ट्र बैंकको जागिरे बनेका अधिकारी २०७२ पुसमा राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकाश पाएका थिए ।

डेपुटी गभर्नरमा सिफारिसभएपछि केही विरोधका स्वर झेलका अधिकारी समस्याग्रस्त घोषणा भएको नेपाल बंगलादेश बैंक सम्हाल्ने जिम्मेवारीबाट चर्चामा आएका थिए । बैंक वित्तीय संस्थाको बासलातमा राम्रो टिप्पणी गर्न सक्ने अधिकारी घरजग्गा कर्जा सीमामा ल्याउन र हालका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा सहयोगीका रूपमा अधिकारीले विशेष भूमिका खेलेका थिए । वित्तीय स्थायित्वलाई अघि बढाउन सक्षम व्यक्तिका रुपमा उनले पहिचान बनाएका छन् ।