प्राकृतिक द्वन्द्व, मूर्खे बल र सुरक्षित मानव समुदायको ‘मिसन’
चैत्र २५, २०७६

नागरिक भूगोल र मानवीय भूगोल बिच केही खास फरक अर्थ छ । एउटा नागरिकले राजनीतिक सीमा (राष्ट्र) भित्र रहेर राज्यप्रतिको उत्तरदायी र जिम्मेवारी बहन गर्ने हुन्छ  भने अर्को मानवले राष्ट्र बहिन तरिकाले (विश्व) मानव जगतको दायित्व बहन गरिरहेको हुन्छ ।  

तर प्रकृतिले भने यी दुवै सीमा छुटाउँदैन ।  जस्तै हावा, पानी, बादल, घाम र माटो  आदि । मानिस आफैमा पहिले प्राकृतिक जीव हो ।  त्यसपछि मात्र सचेत नागरिक हो । आज विश्वमा वितण्डा मच्चाई रहेको कोरोना भाइरस (कोभिड–१९) एक भयङ्कर मानव जगतको दुस्मनको रूपमा खडा भएको छ । यो दुस्मनसँग मुर्खेबल प्रयोग गरेर लड्ने हो भने भोलि सकल मानव अस्तित्वमाथि सङ्कट पैदा हुने खतरा देखिदैछ ।  यो बिधंसकारी दुस्मनसँग लड्नको लागी अहिले विश्वले राजनीतिक भूगोल भन्दा पनि मानव भूगोललाई उच्च प्राथमिकता दिएर सह–अस्तित्वको लागी सहकार्य र सतर्कता अपनाउनु अपरिहार्य कर्तव्य हो । नेपालमा भाइरस सङ्क्रमणबाट भएको  लिखित आँकडा त  छैन तर यस्तो महामारी पहिले पनि नभोगेको  भने होइन ।

 विश्वको इतिहासमा हेर्दा भाइरसको सङ्क्रमण सन् १५८० मा पहिलो पटक रसियाबाट सुरु भएको पाइन्छ र  त्यो भाइरसले मुख्यतया पश्चिम युरोप र अफ्रिकन देशहरूमा बढी प्रभाव पारेको थियो । त्यसपछि सन् १९१८–१९१९मा स्पेनबाट सुरु भएको भाइरस सङ्क्रमणमा २५ हप्तामा अनुमानित २ करोड ५० लाख विश्वको करिब ५ प्रतिशत मानिसको मृत्यु भयो यो भाइरस सङ्क्रमणलाई ‘स्पेनिस फ्लू’ भनेर नामकरण  समेत गरिएको थियो ।  सन् १९५६ मा चाइनाबाट सुरु भएको ‘एसियन फ्लू’ले पनि सबै भन्दा बढी प्रभाव अमेरिकालाई नै पारेको थियो । 

 हाम्रा धेरै सीमा नाकाहरू खुल्ला छन्, हजारौँ युवाहरू वैदेशिक रोजगारबाट भरखरै फर्केका मानिसहरू गाउँ र बस्तीहरूमा छरिएर रहेका हुन सक्छन् ।  हामीसँग औषधि उपचारको साधन पर्याप्त छैन ।  हाम्रो दैनिक आहार बिहार समेत सन्तुलित छैन । खास गरी भाइरससँग लड्न सक्ने (इम्युनिटि पावर) रोग प्रतिरोधक क्षमता भएको मानिसलाई झट्टै सङ्क्रमण हुँदैन भाइरस आफैमा रोग होइन तर हामीभित्र प्रतिरोधात्मक शक्ति हुनुपर्छ र मुख्य कुरो त हामीलाई पूर्व सतर्कताका लागी दिएको सरकारको सूचनालाई निरंकुश आदेश जस्तो मानेर पत्याउँदैनौँ ।

त्यस बेलाको सङ्क्रमणले अनुमानित ४० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको थियो भने यो सङ्क्रमणलाई नेपालमा ‘८ दिने हैजा’ भनेर नामकरण गरिएको थियो । यो हैजा लागेको ८ दिनमा मान्छेको मृत्यु  हुने भएकोले यसलाई ‘८ दिने हैजा’ भनिएको भन्ने भनाई रहेको छ । यो भन्दा पछाडि स–साना सङ्क्रमण देखिए पनि  विश्वव्यापी रूपमा महामारीको रूपमा आएको देखिँदैन यसको मुख्य कारण प्राविधिक आविष्कार, चेतना र सन्तुलित खानपान हुनसक्छ । 

हाल चाइनाको वुहान सहरलाई ‘इपिसेन्टर’ बनाएर फैलिएको यो कोरोना भाइरस (मानव निर्मित होस् वा प्रकृतिमा आफै श्रृजना भएको होस्) यो विषय अहिले ‘भेरिफिकेसन’ गर्ने समय होइन ।  भोलि अनुसन्धानपछि जस्तो नतिजा आउँछ त्यसपछि इजलास गर्ने समय आउला ।  अहिले यो भाइरस विरुद्ध  विश्वव्यापी परिपालन गर्नका लागि अपनाएको सावधानीको बाटो अवलम्बन गरौँ नत्र विश्वमा अर्को रेकर्ड नराख्ला भन्न सकिन्न । 

यस्ता खालको सङ्क्रमणबाट सुरक्षित रहनु एउटै उपाय मानव समुदायको एकता र मानवीय व्यवहार नै मुख्य उपाय हो । जङ्गलमा लागेको आगो उत्पत्ति भएको ठाउँमा नै पहिले निभ्छ तर अन्त भने आगोले उग्र रूप नै लिने गर्दछ  । चाइनामा यो सङ्क्रमण सुरु हुँदा उदाङ्गो मानवीयता देखाएर खिसी गर्ने, आरोप लगाउँनेहरु स्वयंले अहिले त्यो नियति भोगिरहेकाछन् । 

अझ यो नियन्त्रण केही टाढा नै देखिन्छ । एकताका विश्वको आधा जनसङ्ख्या चाइना भित्रै थियो अहिले पनि १ अरब ४० करोड ६० लाख जनसङ्ख्या भएको देशमा देखिएको भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्नु चानचुने प्रयास थिएन । यस्तो खाले विपत्तिबाट उन्मुक्ति पाउनु राज्य र नागरिकको उत्तिकै जिम्मेवारी रहन्छ । नेपाल चीनको सँधियार छिमेकी मुलुक भएकाले यो सङ्क्रमणबाट अछुत रहन प्रायः असम्भव थियो । 

 तापनि सुरुवाती महिना दिनसम्म नेपालमा त्यस्तो लक्षणहरू देखिएका यो नेपालीको अहो भाग्य नै मान्नुपर्छ । तर विश्वको १६० भन्दाबढि देशमा फैलिसकेको अवस्थामा ढिलो चाँडो नेपाल भित्रिने निश्चित नै थियो यद्यपि हामी नेपालीहरू अति संवेदनशील विषयमा पनि मजाक गर्ने बानीले गर्दा मजाकको हल्लामा मात्र सीमित गरेर बस्यौँ । चाइनाले सङ्क्रमित क्षेत्रको नागरिकलाई ठुला–ठुला अपार्टमेन्टहरूमा बन्द गरेर राख्यो, सडकमा ननिस्कन सूचना जारी गर्‍यो, विद्यार्थीलाई होस्टेलमा सिल गरेर राख्यो, एक जना पनि नागरिकको स्वास्थ्य परीक्षण गर्न छुटाएन अहिले पनि विद्यालय, क्याम्पसहरू बन्दछन् र मात्र अहिले बिस्तारै जनजीवन सामान्य तर्फ जाँदै गरेको छ ।  

चीन कोरोनाबाट  उन्मुक्ति पाएर विश्वको अरू सङ्क्रमित देशलाई सहयोग गर्न निस्किसकेको अवस्था छ । नेपालमा जब चैत्र ४ गते एक युवतीमा यो लक्षण देखा पर्‍यो त्यसपछि सरकारको आकस्मिक बैठकले अति सतर्कतासाथ पुरै नेपाल ‘लकडाउन गर्ने निर्णय लिएको थियो । यसरी लकडाउन गरेको पनि पुरापुर दुई हप्ता बिती सकेको छ ।  यो निर्णय अपरिहार्य थियो नै तर बिना तयारी गरिएको निर्णयले जब ‘लकडाउन पछिको परिदृश्यहरू केही अशाभेनिय र गैर जिम्मेवार समेत देखियो । नेपाल सरकार र नेपाली जनतामा चाइना सरकार र चाइनिज जनता जस्तो सरकारको  जिम्मेवारी बहन र जनतामा ईमानदारीपन देखिएन । सत्ताका नेतृत्वको सातो हराएको जस्तो भइरहेको बेला देशका नागरिकले आफ्नो दायित्व इमानदारसाथ पुरा गर्नु पर्दछ भने राज्यले नागरिकको गाँस, बास र शान्ति सुरक्षाको ग्यारेन्टी गर्छौ भन्ने कुराको सुनिश्चितता आश्वस्त पार्न सकेको देखिएन ।  

मानवीयता शब्द आफैमा एक अति संवेदनशील शब्द हो जो बोलेर होइन आत्माले अनुभूति गर्ने विषय हो । यो महामारीमा नियम कानुन भन्दा पनि मानवीय व्यवहार अमूल्य साबित हुन जान्छ । आज विश्वमा सिङ्गो मानव समुदाय कोभिड–१९ भाइरस विरुद्ध भिषण युद्ध लडिरहेको अवस्थामा छ । यो युद्धले कुनै राजनीतिक नक्सा हेर्दैन र यसको कुनै निश्चित समय पनि हुँदैन तर युद्ध जित्नको लागी विभिन्न रणनीति अपनाउनु भने जरुरत छ  ।  सानोतिनो लापरबाहीले पनि यो युद्धमा हार हुन्छ यो युद्धमा हार भयो भने मानव समुदायको सकल अस्तित्वमाथि सङ्कट उत्पन्न हुने निश्चित छ ।  अहिलेको ‘मिसन’ भनेको नै सुरक्षित मानव समुदाय हो ।  हाल विश्वको सबै भन्दा शक्तिशाली मानिएको राष्ट्रहरू आफै पनि असुरक्षित महसुस गरिरहेका छन् । दिनानुदिन संक्रकमण बढ्दो छ, अवस्था नाजुक बन्दै छ हाम्रो जस्तो देशमा पूर्व सतर्कता अपनाइएन भने भोलि स्थिति भयावह नहोला भन्न सकिन्न । 

हाम्रा धेरै सीमा नाकाहरू खुल्ला छन्, हजारौँ युवाहरू वैदेशिक रोजगारबाट भरखरै फर्केका मानिसहरू गाउँ र बस्तीहरूमा छरिएर रहेका हुन सक्छन् ।  हामीसँग औषधि उपचारको साधन पर्याप्त छैन ।  हाम्रो दैनिक आहार बिहार समेत सन्तुलित छैन । खास गरी भाइरससँग लड्न सक्ने (इम्युनिटि पावर) रोग प्रतिरोधक क्षमता भएको मानिसलाई झट्टै सङ्क्रमण हुँदैन भाइरस आफैमा रोग होइन तर हामीभित्र प्रतिरोधात्मक शक्ति हुनुपर्छ र मुख्य कुरो त हामीलाई पूर्व सतर्कताका लागी दिएको सरकारको सूचनालाई निरंकुश आदेश जस्तो मानेर पत्याउँदैनौँ । सामाजिक सञ्जालमा भाइरल बन्न अनेक अफवाह फैलाउन तत्पर हुन्छौँ । यो खाले सबै समस्यालाई बेलैमा सोंचेनौं भने भोलि इटाली र स्पेनको स्थिति नआउला भन्न सकिन्न किनकि यो प्राकृतिक द्वन्द्व हो बेलैमा सोंचौं र नेपालीले पनि बानी सुधारौँ मानवीय व्यवहार गरौँ मूर्खे बलले कोरोना भाग्दैन ।