नेपाल भित्र भारतीय गाडीबाट  एलआर बन्दुक र एयरगन सशस्त्र प्रहरीद्वारा बरामद !

नेपाल भित्र भारतीय गाडीबाट  एलआर बन्दुक र एयरगन सशस्त्र प्रहरीद्वारा बरामद !

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र २६, २०७६

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ४ र ५ सीमा नजिकैबाट रोकिराखेको डिएल३ सिसीआर ३९९७ भारतीय नंको टोयटा फर्चुन गाडीबाट मङ्गलबार साँझ  सशस्त्र प्रहरीले हतियारसहित नगद रकम बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक शाहुका अनुसार गाडीबाट प्वाइन्ट टुटु एलआर बन्दुक एक थान, त्यसमा लाग्ने गोली १४ थान र एयरगन एक थान र सोको छर्रा १९६ बरामद गरिएको छ । 

सोही गाडीबाट नेपाली एक हजारको नोट ७१ हजार, ५०० का नोट पाँच हजार ५०० बरामद गरिएको छ । अवैध हतियार र नगद रकमसहित छ बैंकका एटीएम कार्डसमेत बरामद गरिएको छ । बरामद गाडी कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष गुड्डु शाहीको रहेको बताइएको छ । बरामद गाडी, हतियार, नगद रकम र एटीमकार्ड इलाका प्रहरी कार्यालय गुलरीमा बुझाइएको छ ।