बज्रबाराहीदेवीको खटजात्रा जात्रा पनि स्थगित

बज्रबाराहीदेवीको खटजात्रा  जात्रा पनि स्थगित

लोकसंवाद संवाददाता  |  पर्यटन  |  चैत्र २६, २०७६

ललितपुर । कोरोना भाइरसको सम्भावित जोखिम फैलिन नदिन लकडाउन जारी भएपछि गोदावरी नगरपालिका–११ स्थित चापागाउँको प्रसिद्ध बज्रबाराहीदेवीको खटजात्रा स्थगन भएको छ । प्रत्येक चैत शुक्ल चतुर्दशीदेखि पूर्णिमा दुई दिनसम्म सोे खटजात्रा मनाउने चलन रहेकामा सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजाआजा मात्र चलाउन अनुरोध गरिएको वडाध्यक्ष नीलबहादुर देशारले जानकारी दिनुभयो । 

जात्रामा पूर्णिमाको दिन बिहान ७ बजे बज्रबाराहीलाई आँगनघर देवीस्थानबाट तल मण्डप बनाइराखेको स्थानमा ल्याई राखिन्छ । त्यसपछि दिउँसो ११ बजेसम्म भक्तजनले देवीलाई पूजा गर्दै बोका, हाँस, कुखुराको भाले आदि बलि चढाइन्छ । राति १२ बजेपछि खटमा राखी मन्दिरबाट निकालेर घण्टी नबजाई चापागाउँको ट्यागलमा ल्याएर राखिन्थ्यो । चापागाउँका स्थानीय ७४ वर्षीय वासुदेव कमाचार्यले मुख्य–मुख्य स्थानमा काठको भैरवको खट बनाई स्थापना र पूजा गरिने गरिएको स्मरण गर्नुभयो ।