सामाजिक सञ्जालमा अफबाह फैलाउने पवन भट्टराई पक्राऊ

सामाजिक सञ्जालमा अफबाह फैलाउने पवन भट्टराई पक्राऊ

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २६, २०७६

कैलाली- कैलालीको टीकापुरमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको भन्दै सामाजिक सञ्जालमार्फत् अफवाह फैलाउने व्यक्ति पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय टीकापुरले सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइसरको संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाएको आरोपमा टीकापुर नगरपालिका २ बस्ने पवनकुमार भट्टराईलाई मंगलबार साँझ पक्राउ गरेको हो।

उनले टीकापुर नगरपालिका वडा नम्बर १ को ब्लक नम्बर १० मा संक्रमित भेटिएको भन्दै आफ्नो फेसबुक वालमा राखेका थिए। आम नागरिक माझ सन्त्रास एवं अफवाह फैलाएको देखिएकोले आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।