विश्‍वस्वास्थ्य संगठन चीनमा मात्रै केन्द्रित भएको ट्रम्पको आरोप

विश्‍वस्वास्थ्य संगठन चीनमा मात्रै केन्द्रित भएको ट्रम्पको आरोप

लोकसंवाद संवाददाता  |  विदेश  |  चैत्र २६, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनचीन केन्द्रित भएको आरोप लगाउनुभएको छ ।  कोरोना भाइरसको महामारी फैलिएका बेला गलत सुझाव दिएको भन्दै ट्रम्पले संगठनको कडा आलोचना गर्नुभएको हो । 

ह्वाईट हाउसमा नियमित पत्रकार सम्मेलनमा निकै आक्रामक देखिएका ट्रम्पले डब्लूएचओले धेरै रकम अमेरिकासँग लिएको बताउँदै ‘हामीलाई मजाक बनाइयो, स‌ंगठनमा अमेरिकाले ठूलो लगानी गरेको छ, तर उ चीन केन्द्रित भयो।’ उहाले बताउनु भयो ।

डब्लूएचओले कोरोना रोकथाममा चीनले राम्रो काम गरेको बताएपछी ट्रम्पले कडा अ‌ालोचना छ । सीमा खुला राख्नुपर्छ भन्ने उनीहरुको सल्लाह अस्वीकार गरेर अ‌ाफूले निकै राम्रो काम गरेको भन्दै ट्रम्पले प्रश्न गरिएको छ ।