आपतकालीन अवस्थामा परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गर्न  सिफारिस

आपतकालीन अवस्थामा परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गर्न  सिफारिस

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २७, २०७६

  सिन्धुपाल्चोक । कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ ।

कतिपय एम्बुलेन्सले सम्भावित सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र सम्पर्कमा नआउने गरी बस्ने गरेको देखिएपछि प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको जिल्लास्तरीय खोज तथा उद्धार समिति (पिआरटी) को बैठकले यस्तो सिफारिस गरेको हो ।

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ को दफा १६ बमोजिम जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा सिफारिस गरिने  प्रनाउ काफ्लेले बताउनुभयो ।

 जिल्लामा सबै एम्बुलेन्सको सूचीकरणमा पनि प्रहरी लागेको छ ।