पाटनमा निरन्तर ओपिडी सेवा

पाटनमा निरन्तर ओपिडी सेवा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र २७, २०७६

कोरोनाको त्रास बढेपछि धेरै सरकारी तथा निजी अस्पतालले आकस्मिक सेवा मात्रै सञ्चालन गरेको अवस्थामा  पाटन अस्पातालले ओपीडी सेवा वनि पूर्ण रुपमा सञ्चालन गरेको छ ।
अस्पतालमा उपचारमा आएका कुनैपनि बिरामीलाई नफर्काएको अस्पताल प्रशासनको दाबी छ । अस्पतालका केही कर्मचारीलाई भने विदामा बसेपनि आएका विरामीले उपचार पाएको जनाइएको छ । 
अस्पतालले इमरजेन्सी, नर्सिङ, मेडिसिन लगायतका अत्यावश्यक कर्मचारीहरु कसैलाई पनि विदा नदिएको जनाएको छ । ओपीडीमा आउने विरामीको संख्या अत्याधिक घटेको जनाइएको छ । सामान्यअवस्थामा दैनिक २ हजार जना आउनेमा अहिले २ सय जना मात्रै आउने गरेको प्रशासनले जनाएको छ ।