राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७६

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको । उक्त सन्देशमा बेलायतमा रहनुहुने समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । 

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बेग्लै सन्देश पठाई प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँ कोरोनाविरुद्धको लडाइँमा बेलायतको नेतृत्व गर्न सक्षम हुनुहुने विश्वास व्यक्त गर्नुभएको छ । 

गत बिहीबार बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन संवाद गरी नेपालमा रहेका बेलायती नागरिकको सुरक्षा तथा फिर्तीसम्बन्धी विषयमा कुरा गर्नुभएको थियो । उक्त अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले बेलायतमा रहेका नेपालीको सुरक्षा तथा विद्यार्थीको समस्याबारेमा अवगत गराउनुभएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा बिदामा रहेका भूतपूर्व गोर्खा र तिनका परिवारका विषयमा समेत कुरा उठाउनुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।