कोरानाविरुद्धको लडाइमा ओली र मोदीको एक स्वर

कोरानाविरुद्धको लडाइमा ओली र मोदीको एक स्वर

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७६

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ ।

प्रधानमन्त्री ओलीले आज टेलिफोन संवाद गरी भारतीय समकक्षी मोदीलाई उक्त आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँहरुबीच आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि पनि उहाँहरुबीच छलफल भएको छ ।

 प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगका लागि मोदीलाई धन्यवाद दिनुभएको थियो ।