कांग्रेस सांसदलाई १५ दिनको पारिश्रमिक प्रदान गर्न पत्राचार

कांग्रेस सांसदलाई १५ दिनको पारिश्रमिक प्रदान गर्न पत्राचार

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २८, २०७६

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना  सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ ।

कांग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस अघिको निर्णयअनुसार उक्त रकम कट्टा गरी कोषमा पठाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेको जनाएको छ । सो दलले पत्राचार गरेअनुसार रकम कट्टा गरी यथाशिघ्र कोषमा पठाउने प्रक्रिया बढाउने  सचिवालयले जानकारी दिएको छ ।