मन्दिर र बाजा बजाएको  मूर्तिको अन्तरसम्बन्धः सङ्गीत जन्मदेखि मृत्यु पर्यान्तका स‌ंस्कारमा अनिवार्य शर्त
चैत्र २९, २०७६

मान्छेको पहिलो भाषा भनेको संकेत  हो । आदिम युगमा भाषा बन्नु भन्दा पहिले मानव जातिले आफ्ना भावहरुलाई अनेक प्रकारका स्वर र मुद्रा बनाएन प्रदर्शन गरे । त्यसैको अलि विस्तृत रूपमा संकेतको विकास भएको हो । मान्छे आफै बाजा हो । उसले घाँटीबाट स्वर र तालीबाट ताल निकाल्न सक्छ । कतै राम्रो संकेत भएमा उसले स्वर मिलाउँछ कि ताली । त्यो पनि नभए खुट्टाको पञ्जाबाट ताल दिन्छ । यसले के देखाउँछ भने स्वर र ताल मान्छेको जीवनको अभिन्न अङ् पनि हो ।  सङ्गीत सबभन्दा पवित्र चीज हो । यसले मान्छेभित्र रहेको भाव र दशै रसलाई व्यक्त गर्न सहयोग गर्छ ।

आँसु, हाँसो, खुसी, मिलन, व्यङ्य, भयानक, क्रोध, भय र बात्सल्य रसलाई सङ्गीतको स्वर तालले प्रष्ट रुपमा प्रकट गर्दछ । तसर्थ आदि कालदेखि सबै मानव सभ्यताले सङ्गीतलाई जीवनको अभिन्न अङ् बनाए । तत्पश्चात् आ–आफ्नो आस्थालाई स्वरूप, आकृति, मूर्ति वा विना आकृतिका कुनै स्थानमा ईश्वरको सत्तालाई विद्यमान गरायो । आफूसँग भएको शिव र सङ्गीतविना कलाले त्यो स्थानलाई सिंगार्‍यो । हाम्रा सबैजसो संस्कार संस्कृति विना सङ्गीत असम्भव  प्राय छ । 

 त्यसैले मानव जातिले आफ्नो पूज्य आराध्य देव देवीका स्थानमा पूजा अर्चना गर्दा स्वर, ताल, लय , मुद्रा प्रदर्शन गर्‍यो । नेपालका सवै जातजातिका पूजा अर्चनाको प्राचीन संस्कृतिको अध्ययन गर्दा सङ्गीत विना कुनै संस्कार सम्पन्न हुँदैन । बैदिक आर्यदेखि किराँत लगायतका अन्य सम्पूर्ण जातजातिको जन्मदेखि मृत्यु पर्यान्त हुने कुनै पनि समारोह संस्कार संस्कृतिमा आ–आफुसँग भएको शिप र ज्ञानको सर्वोत्तम उपयोग  हुँदै आएको छ ।

                                                                                                                                                                      तस्बिर  किशोर डंगोल

किराँतको प्राचीन मुन्धुममा आफ्नो इष्टलाई खुसी त्यस्तै गीत र नाचको सृष्टी भएको हो भनिन्छ । तसर्थ हाम्रो प्राचीन मन्दिर तीर्थस्थल धाम मन्दिर बिहार कोट देउराली तथा आ–आफ्ना इष्ट देवता कुलदेवताको स्थानमा पूजा अर्चना गर्दा आफ्नो उत्कृष्ट शिप प्रदर्शन गरिन्छ । कालांन्तरमा बनेका मठमन्दिरहरूमा यस प्रकारले  संङ्गीतको धुमधाम प्रयोग हुँदै आयो । विस्तारै विस्तारैती पवित्र स्थानहरुको रुपमा  भौतिक आकार लिन थालेपछि आ–आफ्नो कलालाई मूर्ति, टुँडाल, तोरण, दलिन, छाना, जग तथा भित्ताहरुमा अनेकौं साङ्गीतक प्रतिछायाँको रूपमा बाजा, नृत्यलाई सङ्कितको रुपमा समावेस गरिदै आएको पाइन्छ । 

सङ्गीत मान्छेलाई व्युँताउने साधन पनि हो । तसार्थ व्याकुल बनेको मनलाई यिनै सङ्गीतका आरोह अवरोह र सुर तालले मुग्ध  बनाउँछ  ।  खुसी हुँदा पनि हामी सङ्गीतबाटै आफ्नो खुसी अरुलाई बाड्छौँ भने मृत्युको शोक बिर्साउन र आत्मालाई परमात्मामा पुर्‍याउन आ–आफ्नै प्रकारका सङ्गीत दिँदै आएका छौँ । आफ्नो ईष्टलाई आफ्ना मनोकामना, भाकल पुर्‍याउनदेखि शान्ति आनन्द प्रदान सर्न समेत यिनै सङ्गीतले साथ दिएको छ ।

मानवीय तथा दैवी श्रृष्टिबाट बचेका जति पनि भौतिक सम्पदाहरु छन् त्यहाँ सङ्गीतको चित्रर्ण धेरै रूपमा भएको  पाइन्छ ।  हाम्रा देवालयहरुमा विहान बेलुका आयोजना गरिने संध्या आरतीमा बाजा बजाईनुलाई अनिवार्य जस्तै छ । लेलेमा प्राप्त शिवदेवको अभिलेखमा वाडित्र गोष्ठीक भनेर बाजा बजाउने गुठी स्थापना र बादकलाई तोकिएको पारिश्रमिक दिने व्यबस्थाको समेत वर्णन गरिएको छ । 

हाम्रो समाज यति विकसित छ कि वादकलाई दैनिक रूपमा लाग्ने खर्च धान्न मन्दिरका संस्थापकहरुले धान, मकै तथा अन्य बाली उत्पादनलाई उपभोगलाई पारिश्रमिक पुग्ने व्यवस्था गरिएको छ । हालसम्म पनि बाजा गुठी राख्नु र बाजा बजाउने सङ्गीतकारहरुले न्यून भए पनि पारिश्रमिक पाउनु भनेको हाम्रो पुर्खाले सङ्गीतको महत्वलाई बुझेर कालान्तरसम्म यो स्थिति रहोस् भन्नलाई यो व्यावस्था गरेका थिए ।  

मन्दिरमा रहेका बाजा बजाई रेहेका मूर्तिहरुले हामीलाई प्रचिन नेपाली सभ्यताको बारेमा प्रकाश पार्दछन् । कुन कालखण्डमा कस्ताकस्ता बाजा प्रचलनमा थिए भन्ने ऐतिहासिक प्रमाण खोज्न कुनै प्राचिन पुस्तकका पाना पल्टाउनु पर्दैन । छानामा झुण्डिएका दिव्य आकासे घण्टहरुले, त्यहाँ टुँडालमा अङ्कित देव देवीका हातमा लिएका बाजाले, भित्तामा कुदिएका अनेकौँ मूर्तिले, मन्दिरको जगमा कोरिएका ढुङ्गाका बादकका मूर्तिले र नाग नागिनीका शङ्ख लिएका भव्य मूर्तिले हामीलाई पर्याप्त ऐतिहासिक प्रमाण दिन्छ ।

 मन्दिरका मूर्तिहरुको र उनीहरुले लिएका बाजाहरुको अध्ययन गर्दा किराँत कालसम्मका कुनै ऐतिकासिक प्रमाण भेटिएको छैनन् । लिच्छवीकालदेखि आकृति, काष्ठकला, तथा तेलियाईटमा बनेका कलाहरुमा बाजा र त्यो बेलाको सङ्गीतिक सब्यताको प्रमाण देखिन थाल्छ । तिरौलाकोटको उत्खनन्बाट बुध्दकालभन्दा पहिलादेखि नै अनेक मुख भएका बाजाहरुको प्रमाण हामी प्राप्त गर्दछौँ । मल्लकाल र शाहकालका साङ्गितीक प्रमाणहरु त अनगिन्ती  रहेका छन् । 

अझ मान्छेले आ–आफ्नो गाउँ ठाँउमा प्रचलित लोक चित्रकला मार्फत त झनै धेरै साङ्गितीक कलाको सम्पन्नतालाई आजसम्म ल्याउँदै आएका छन् । स्वस्थानी कथाको आधारमा बनेको शिवजीको विवाहमा बजाइएको बाजा र वादकको चित्र आजसम्म स्वस्थानी बाचन गर्ने महिनामा घरका भित्ताहरुमा माटो, ढुङ्गा र वनस्पतिबाट बनाइएका रङ्गद्धारा गाँउका पाका आमाहरुले स्वस्थानीको व्रत बस्दै भित्तामा चित्रकोदै आएरहेको पाइन्छ ।  

मिथिला क्षेत्रमा भगवान राम र सीताको विवाहका अवसरमा तथा अन्य धार्मिक सांस्कृतिक अवसरहरुमा भित्तामा रङ्गीचङ्गी लोककला कुँदिएकै पाइन्छ ।  भगवान कृष्णको चरित्रमा आधारित गोपी, राधा लगाउनको कृष्णलीलालाई हामीले भित्ते चित्रमा र जीवन उपदेशहरुलाई चित्रकलाका रूपमा बाँध्दा विहार तथा उपासक उपासिकाहरुको घरको प्रवेशद्धारामाथी अङ्कित गरिएको पाउँछौ ।

हिमालयका पवित्र गुम्बा तथा ध्याङहरुमा हजारौं प्रकारका पौवा, थांका बनाई साङ्गीतिक वातावरण चित्रको माध्यमबाट बनाएका छौ । कागज, भित्ता, ढुङ्गा, माटो, कपडा, तामाका पातामा अनेक देवदेवीका आकृतिमा तत् तत् समयमा उपलब्ध बाजा अंकित गर्न हामी कहिल्यै पछि परेनौँ । भगवान बुद्धको कपिलवस्तु आगमनको बेला गरिएको स्वागतमा बजाइएका बाजा र बादकको वंशभूपाल अध्ययन गर्न हामी कतै अन्त जानै पर्दैन । 

काठमाडौँमा प्रचलित चित्रकला र चित्रकारहरुको वंशको अध्ययन गरेर त्यो बेलाको चित्रकलाको अध्ययन गरे वैभामा सङ्गीतको अङ्कलन  गर्न सकिन्छ भने ललितपुर, भक्तपुर र काठमाडौको ढुङ्गा, धातु काठका मूर्तिको अवलोकन गरे सांगीतिक सम्पन्नताको कुरा खोज्ने अन्त कतै जानु पर्ने अवस्था छैन् ।  त्यति मात्रै होइन हाम्रा राष्ट्रिय समारोहहरुमा प्राचीन नेपाली सेनाले कुनकुन बाजा बजाए भन्ने कुरा खोज्न हामीले तिनै प्राचीन भित्रै चित्र झ्यालमा कुँधिएका मूर्ति र प्राचीन दरबारका आधारहरुमा खोेजे मात्रै पुग्छ ।

 सङ्गीत मान्छेलाई व्युँताउने साधन पनि हो । तसार्थ व्याकुल बनेको मनलाई यिनै सङ्गीतका आरोह अवरोह र सुर तालले मुग्ध  बनाउँछ  ।  खुसी हुँदा पनि हामी सङ्गीतबाटै आफ्नो खुसी अरुलाई बाड्छौँ भने मृत्युको शोक बिर्साउन र आत्मालाई परमात्मामा पुर्‍याउन आ–आफ्नै प्रकारका सङ्गीत दिँदै आएका छौँ । आफ्नो ईष्टलाई आफ्ना मनोकामना, भाकल पुर्‍याउनदेखि शान्ति आनन्द प्रदान सर्न समेत यिनै सङ्गीतले साथ दिएको छ । बिरामी हुँदा समेत यही सङ्गीतले हामलाई उपचार गराएको प्रमाण यी मन्दिर देवालयका मूर्तिहरुबाट हामीले प्रमाण प्राप्त गर्न सक्छौं । तसर्थ नेपाली जनजीवन, नेपाली सङ्गीत र नेपाली कला एक अर्काको अभिन्न अङ्ग भएका कुरा यिनै प्राचीन बाजा बजाइरहेका मूर्तिहरुबाट हामीले थाहा पाउँछौ । 
 


लेखक- नेपाली लोक बाजा संग्रहालय संस्थापक हुनुहुन्छ