सवारी साधनको लागि ई-पास

सवारी साधनको लागि ई-पास

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २, २०७७

काठमाडाैँ । लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि ई–पासको व्यवस्था सुरु गरेको छ। गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा खाद्यान्न ढुवानी, विरामी ओसार पसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाईन मार्फत फाराम भरेर सवारी पास लिन सकिने जनाएको छ । 

ई–पास लिनका लागि epass.moha.gov.np मा गएर विवरण भर्ने र  जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्ने जनाएको छ । 

गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाको लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट सुरु गरेको जानकारी दिनुभयो । उहाले फाराम भर्ने सबैलाई भन्दापनि प्राप्त प्रमाणको आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनको लागि ई–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिनु भएको छ ।