अलपत्र परेका मजदुरको गरियो उद्दार

अलपत्र परेका मजदुरको गरियो उद्दार

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख १, २०७७

काठमाडौं । काठमाडौंदेखि पैदल यात्रा गर्दै रुपन्देहीको बुटवलसम्म पुगेका मजदुरहरुलाई उद्धार गरिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकाले ७५ मजदुरलाई गाडीको व्यवस्था गरी घर पठाइएको छ ।

उनीहरु ५ दिन लगाएर काठमाडौंबाट बुटवल पुगेका थिए । उनीहरू आइतबार राति घर पुर्‍याइएको सैनामैना नगरपालिकाले जनाएको छ । नगरपालिकाले अन्य थप मजदुरलाई पनि उनीहरुसँगै पठाएका थियो ।