मन्त्री मगरद्वारा चार स्थानीय निकायलाई १०० क्विन्टल चामल प्रदान

मन्त्री मगरद्वारा चार स्थानीय निकायलाई  १०० क्विन्टल चामल प्रदान

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख २, २०७७

काठमाडाैँ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले  कञ्चानपुरका चार स्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराउनुभएको छ । मन्त्री मगरले निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकालाई २५ क्विन्टलका दरले चामल उपलब्ध गराउनुभएको हो ।

मन्त्री मगरले सचिवालयका प्रतिनिधि दीपक तिमिल्सिना, सुन्दर चौधरी, प्रकाश मोक्तानमार्फत स्थानीय तहमा चामल उपलब्ध गराउनुभएको हो । दैनिक ज्याला मजदुरी गरी खाने वर्गलाई समस्या भएपछि राहतस्वरूप मन्त्री मगरले चामल उपलब्ध गराउनुभएको मन्त्री मगरका स्वकीय सचिव प्रकाश मगरले जानकारी दिनुभयो

। उहाँका अनुसार मन्त्री मगरले व्यक्तिगतरूपमा चामल सहयोग गर्नुभएको हो ।