वर्षौँदेखि महिलाहरू घरबासमाः कहिल्यै रोइलो सुनिदैन त !

वर्षौँदेखि महिलाहरू घरबासमाः  कहिल्यै रोइलो सुनिदैन त !

निर्जला कक्षपति  |  दृष्टिकोण  |  बैशाख २, २०७७

हिजो आज अङ्ग्रेजीका दुई शब्द सेल्फ आइसोलेसन र क्वारेन्टाइन अहिले निकै नै प्रचलितमा छन् । नपढेका मानिसले समेत सेल्फ आइसोलेसनको तात्विक अर्थ नबुझे पनि आइसोलेसनमा बसेको छु भन्ने गर्छन् । अङ्ग्रेजी शब्द सेल्फ आइसोलेसनको अर्थ  हो एकान्तबास  । अहिले सरकारले गरेको लकडाउन कारण घरमा बस्नु के एकान्तबास नै हो त ?  यो त घरबास पो त हो ।

किनभने एकान्तबासको अर्थ हुन्छ कोही नभएका ठाउँमा वा हत्तपत्त कोही नपुग्ने ठाउँमा बस्ने काम, सुनसान ठाउँमा एकान्तको बास भन्ने बुझिन्छ । पहिले पहिले ऋषिमुनिहरु ज्ञान प्राप्ति तथा तपस्या गर्नु परे एकान्तबासमा बस्ने गर्थे । एकान्तबासमा एक्लै बस्ने गरिन्छ र अर्को व्यक्तिसँग पनि भेट गरिँदैन । यसैगरी क्वारेन्टाइनको अर्थ हो संङ्क्रामक रोगले ग्रस्त भएकालाई यात्रा गर्न लगाइएको प्रतिवन्द  हो । 

मानिसहरू इलम गर्नु अघि धेरै समय घरमा नै बिताउँथे । घर मानिसहरूको लागि बस्ने प्रमुख थलो पनि हो । विभिन्न किसिमका काम तथा इलम गर्न थालेपछि मानिसहरू घरमा कम बस्न थाले धेरै समय काममै व्यतीत गर्न थाले । अहिले सरकारले कोरोना त्रासका कारण मुलुकमा लकडाउन गरेपछि चाहेर या नचाहेर मानिस घरमै बस्न थालेका छन् । सधैँभरि दौडधुप गरिरहने व्यक्तिहरूका लागि घर बसाई नौलो अनुभव हुन सक्छ । घर बस्नु भनेको आफूले केही नगर्नु पक्कै होइन । घरमा बसेर पनि निकै नै रचनात्मक काम गर्न सकिन्छ । फरक यत्ति हो घर बाहिर हिँडेपछि दुईचार जना मानिस भेटिन्छन् उनीहरूको हालखबर सोध्ने गरिन्छ, गफगाफ हुने गर्छ । आफ्ना कुरा भन्दा र अर्काको कुरा सुन्दा कहिले काहीँ मुड फ्रेस पनि हुने गर्छ । 

त्यसैले करकर कराइरहनु  र लखर‍‍‍-लखर हिडिरहनुभन्दा बच्चालाई केही सृजनात्मक काम गर्न सिकाउने र बच्चालाई पढाउने काममा सहयोग गर्ने गरे दिन बितेको पत्तै पाइदैंन । के महिलाले, एकान्तबास बसेर बोर लाग्यो भनेको सुन्नु भएको छ ? किनभने महिलाहरू आफ्नो काम र कर्तव्यमा जहिल्यै तल्लीन हुन्छिन् । परिवारका हरेक सदस्यको ख्याल गर्छिन् । त्यसैले एकान्तबास अथवा घर बासउनीहरूको लागि कहिल्यै दिन कटाउन मुस्किल हुने समय भएन । 

लकडाउनका कारण अहिले सहर निकै शून्य छन् । भिडभाड र कोलाहल सहर शून्यमा परिणत भएका छन् । लकडाउन हुनुअघि हामी मध्य थोरैले मात्र यस्तो शून्यताको अनुभव गरेका थियौँ होला । बिहान उठेर कौसीमा आउनासाथ चराचुरगींहरुको चिरबिर आवाज सुन्न पाइन्छ । सडकमा गाडीहरूको घ्यारघुर आवाज छैन । मानिसहरू घरमै बस्न बाध्य छन् । दिउँसो पनि चराचुरुङ्गीको आवाज सुन्न पाइएको छ ।

वसन्तले पालुवा फेरेसँगै फूलका बोटमा फूल फुल्न सुरु गरिसकेका छन् । लकडाउनले गर्दा हामीले कहिल्यै अनुभूत गर्न नपाएको कुरा स्वस्थ हावा फेर्न पाएका छौँ । सहर शान्त छ । परिवारसँग एकै ठाउँमा बस्न पाउँदा हेरविचार र माया साटासाट भएको छ । प्रकृतिले निम्त्याएको विपत्ति माथि असन्तोष व्यक्त गरेर छटपटाउनु भन्दा आफूसँग जे छ, जे गर्न सकिन्छ, जस्तो परिस्थिति हुन्छ त्यसैमा मानिस रमाउन सक्नु पर्छ । त्यसैले त भन्ने गरिन्छ समय निकै नै बलवान् हुन्छ भनेर । विज्ञानको यति धेरै विकास भएका बेला एउटा भाइरसले विश्व नै हल्लाउँछ भनेर कसैले सोचेका थिए र ?

लकडाउनकै कुरा गर्दा  महिलाहरू वर्षौँदेखि लकडाउनकै अवस्थामा थिए । घर बाहिर निस्कनु अहिले पनि नेपाली महिलाका निम्ति त्यत्ति सजिलो छैन । वर्षौँदेखि उनीहरू घरबास नै बसेका छन् । आफू मात्र नभएर घरका सबै सदस्यलाई खुसी पारेरै बसेका छन् । उनीहरूले घरबास बस्नु पर्‍यो भनेर ख रोइलो पनि गरेका छैनन् । अहिले लकडाउनका कारण पुरुषलाई घरमा बस्नु पर्‍यो भनेर रोइलो गरेकाे देख्दा नमज्जा लाग्दो रहेछ ।

इन्टरनेटको जबानामा घरमै बसेर पनि धेरै सृजनात्मक कामहरू गर्न सकिन्छ । सबभन्दा ठुलो काम त आफ्नो श्रीमतीलाई घरकै काम सघाइदिए कति खुसी हुन्छिन् होली !  त्यसैले करकर कराइरहनु  र लखर‍‍‍-लखर हिडिरहनुभन्दा बच्चालाई केही सृजनात्मक काम गर्न सिकाउने र बच्चालाई पढाउने काममा सहयोग गर्ने गरे दिन बितेको पत्तै पाइदैंन । के महिलाले, एकान्तबास बसेर बोर लाग्यो भनेको सुन्नु भएको छ ? किनभने महिलाहरू आफ्नो काम र कर्तव्यमा जहिल्यै तल्लीन हुन्छिन् । परिवारका हरेक सदस्यको ख्याल गर्छिन् । त्यसैले एकान्तबास अथवा घर बासउनीहरूको लागि कहिल्यै दिन कटाउन मुस्किल हुने समय भएन ।