उदयपुरको भुल्केस्थित मस्जिदमा लुकेर बसेको १२  भारतीयको परीक्षण !

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख ३, २०७७

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ ।

उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरिएको भट्टराईले बताउनुभयो ।

भुल्केका मनिर मियाँ केही महिनाअघि भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मस्कज मस्जिद धार्मिकसभामा भाग लिएर आएसँगै ती व्यक्ति पनि आएको स्थानीयवासी बताउँछन् । 
उदयपुरको त्रियुगा नगरपालिकाको गाइघाट जामे मस्जिदसहित त्रियुगा नगरपालिकाको देउरीसहितका विभिन्न मस्जिदमा समेत भारतीय नागरिक लुकेर बसेको हुनसक्ने आशङ्कामा प्रशासनले अनुसन्धान शुरु गरेको सहायक प्रजिअ भट्टराईले बताउनुभयो । 

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ ।