कोरोना महामारीबाट मृत्यु हुनेकाे सङ्ख्या १ लाख २६ हजार  ७ सय ५८ पुग्यो ( प्रमुख १० देश र दक्षिण एसियाको अवस्थासहित)

हालसम्म माल्दिभ्स, नेपाल  र  भुटान  मृत्यु हुनबाट जोगिँदै

कोरोना महामारीबाट मृत्यु हुनेकाे सङ्ख्या १ लाख २६ हजार  ७ सय ५८ पुग्यो   ( प्रमुख १० देश र  दक्षिण एसियाको अवस्थासहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३, २०७७

जेनेभा ।  विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघेको छ ।  

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ । 

अमेरिकामा ६ लाख १४ हजार मानिस कोरोना संक्रमित भएका छन् भने २६ हजारभन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ४०० जनाको मृत्यु भएको थियो । 

दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २१ हजारको ज्यान गएको छ भने एक लाख ६२ हजार संक्रमित छन् । स्पेनमा भने १८ हजार २२५ जनाको मृत्यु भएको छ भने एक लाख ७४ हजार संक्रमित भएका छन् ।

कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १५ हजार ७२९ जना र बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार १५७ जना, जर्मनीमा ३ हजार ४९५ जना, नेदरल्यान्ड्समा २ हजार ९४५ जना, स्वीट्जरल्यान्डमा एक हजार १७४ जना, स्वीडेनमा एक हजार ३३ जना र आयरल्यान्डमा ४०६ जनाको मृत्यु भएको छ । 

संयुक्तराज्य अमेरिकामा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यमा अहिले संकटकालको घोषणा गरिएको छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोक्नु भएको छ ।  

परिस्थिति जटिल बनेको भए पनि मानिसको आवागमन र व्यवसाय खोल्नेतर्फ राष्ट्रपति ट्रम्पले प्रस्तावहरु अघि बढाउनु भएको छ, तर राज्यका गभर्नरसँग यही विषयमा मतभेद उत्पन्न भएको छ । 

पछिल्लो विवरण विश्वभरकाे  कूल संक्रमित संख्या २० लाख २ सय ४३  रहेकाे छ भने    ४ लाख ८४ हजार ७ सय ४८ लाई निकाे भएकाे  छ भने  १ लाख २६ हजार  ७ सय ५८ को मृत्यु भइसकेकाे छ । 

कोरोना संक्रमणको पछिल्लो विवरण 

क्र.सं.    देश  कूल संक्रमित निको भएका  कूल मृत्यु
१. अमेरिका ६,१४,२४६   ३८,८२० २६,०६४
२. इटाली   १,६२,४८८   ३७,१३० २१,०६७
३. स्पेन    १,७४,०६०  ६७,५०४  १८,२५५
४. फ्रान्स   १,४३,३०३   २८,८०५  १५,७२९
५. बेलायत   ९३,८७३ -    १२,१०७
६. इरान ७४,८७७ ४८,१२९    ४,६८३
७. बेल्जियम   ३१,११९ ६,८६८ ४,१५७
८. जर्मनी     १,३२,२१० ७२,६००     ३,४९५
९.  चीन     ८२,२९५  ७७,८१६  ३,३४२
१०. नेदरल्यान्ड्स   २७,४१९   २५०  २,९४५

    दक्षिण एसिया         

क्र.सं.    देश  कूल संक्रमित निको भएका  कूल मृत्यु
१. भारत   ११,५५५ १,३६२  ३९६
२. पाकिस्तान     ५,९८८  १,४४६ १०७
३.   बंगलादेश     १,०१२ ४२   ४६
४.  अफगानिस्तान  ७१४ ४०   २३
५. श्रीलंका  २३३ ६१ 
६. माल्दिभ्स       २१ १६ -
७. नेपाल   १६ १   -
८. भूटान      ५    २     -