'ग्राहकहरूले नाम, फोन र ठेगाना टिपाउनुभयो भने डिलर दाइमार्फत घरैमा आएर रिचार्ज गर्ने व्यवस्था गरेका छौँ'

'ग्राहकहरूले नाम, फोन र ठेगाना टिपाउनुभयो भने डिलर दाइमार्फत घरैमा आएर रिचार्ज गर्ने व्यवस्था गरेका छौँ'

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  बैशाख ४, २०७७

रमेश सापकोटा डिस मिडिया नेटवर्क लिमिटेड को महाप्रबन्धक हुनुहुन्छ ।  डिसहोम नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क हो । डिसहोमले दिएको जानकारी अनुसार उपग्रह(स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नल र ग्राहक पुगेको छ । विश्वव्यापी रूपमा कोरोना भइरहसको महामारीका कारण अधिकांश देशहरूले लकडाउनको नीति लिइरहेका छन् । विगत तीन हप्तादेखि नेपाल सरकारले पनि निरन्तर रूपमा लकडाउन गरेका कारण अधिकांश मानिस घरमा बस्न बाध्य छन् । यतीखेर अधिकांश मानिसको समय कटनीको भरपर्दो साथी बनेको छ  टिभी । 

यति लामो लकडाउनको समयमा समय काट्ने साधन टिभीको समयमा रिचार्ज गर्न नपाएका प्रयोगकर्ता र अन्य सेवालाई कसरी सेवा प्रदानका गरिरहनुभएको छ ? रिचार्ज सकिएका ग्रहकहरुलाई कसरी घरैमा बसेर रिचार्ज गर्ने व्यवस्था गर्नु भएको छ ? लगायतका विविध विषयलाई लिएर लोकसंवाद डटकमले डिस मिडिया नेटवर्क लिमिटेडका महाप्रबन्धकमेश सापकोटासँग अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ उक्त अन्तर्मन्थनको मुख्य अंशः 

लकडाउनको समयमा देशभरिका डिसहोमका प्रयोगकर्तालाई कसरी सेवा प्रदान गरी रहनुभएको छ ? 

हाम्रो डिसहोमाको सेवा उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला,  ७ सय ५३ वटै स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सेवाको पहुँच उपलब्ध छ  । स्याटलाइटको मध्यमबाट सिग्नल पुग्ने भएको हुँदा जुनसुकै ठाउँमा हाम्रा ग्रहकहरु हुन सक्ने भए । सहर र गाउँ गरेर करिब करिब उस्तै डिसहोमाको ‘पेनिटेशन’ रहेको छ । अतः लकडाउनको अवधिमा खाशगरी सहरका प्रयोगकर्ताको घरघरमा रिर्चाज पुर्‍याउन भने हामीलाई अलि साह्रोगाह्रो भइरहेको छ ।

यो लकडाउनको परिस्थितिलाई कसरी व्यवस्थित गरिरहनुभएको छ ?

यो चुनौतीको बाबजुद पुराना र नयाँ विधिद्वारा व्यवस्थित गरिरहेका छौ ।  पहिलो त  १० हजार जति हाम्रो डिसहोमाका ‘फण्ड ट्रान्सफर’ विक्री गर्ने ‘डिलर दाइ’हरू छन् देशभरि । त्यसैगरी फिजिकल रूपमा रिचार्ज कार्ड बेच्ने एनटीसी र एनसेलको नेटवर्कसँगै रिचार्ज कार्ड बेच्नेहरू करिब करिब १४ हजार जति छन् । आइ एम ई, ई प्रभु, इ सेवा र अनलाइन भुक्तानी गर्नेहरू पनि छन् । ‘डिलर दाइ’हरुले गाउँ गाउँमा चाहिँ राम्रोसँग सेवा दिइरहेका छन् मज्जाले । सहरी क्षेत्रमा अनलाइन पनि त्यति नचलेको, डिलरहरू पनि बन्द र  डिलर दाइका पसल पनि बन्द भएको अवस्था छ । त्यस कारणले सहरी क्षेत्रका ग्राहकलाई अलि गाह्रो भएको हो । 

सहरी क्षेत्रका ग्राहकलाई के गरिरहनुभएको छ त ?

सहरी क्षेत्रका ग्राहकलाई के गरिरहेका छौँ भने तपाईँले यदि डिसहोमको रिचार्ज सेवा पाउनुभएको छैन भने हामीले टोल फ्री नम्बर उपलब्ध गराएका छौ । निःशुल्क टोल फ्री नम्बर १६६००१२२००० र एनसेलको प्रयोगकर्ताकाे लागि ९८०११५५००० सम्पर्क गर्ने प्रबन्ध मिलाएका छौँ । हाम्रा ग्राहकले बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म यी दुवै फोन गर्न सक्नु हुन्छ । यसरी फोन गरेर  ग्राहकहरूले आफ्नो नाम, फोन नम्बर र ठेगाना टिपाउनुभयो भने नजिकैको घरैमा बसेका डिलर दाइलाई भनेर ग्राहकको घरैमा आएर रिचार्ज गर्ने व्यवस्था गरेका छौँ ।   

लकडाउनको समयमा रिचार्ज नपाएर सेवा उपभोग गर्न नपाएका सङ्ख्या कति छन् ?

लकडाउनको समयदेखि सेवा नलिएका र टोल फ्री नम्बरमा सम्पर्क नगरेका ग्राहकहरूको केही सङ्ख्या छ । हाम्रो  सम्पर्कमा आएका ग्राहकलाई चाहिँ हामीले सेवा दिइरहेका छौ । अर्को पनि सुविधा हामीले दिएका छौँ । त्यो के भने डिसहोमको रिचार्ज सकिए पनि च्यानल १०० भन्ने सधैँ खुल्ला रहन्छ । त्यसमा हामीले ग्राहकलाई जानकारी गराइरहेका हुन्छौँ । माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोस हामी रिचार्ज गराइदिन्छौ भनेर बारम्बार सूचना गरिरहेका हुन्छौ । 

के च्यानल १०० लाई चाहिँ रिचार्ज आवश्यक पर्दैन हो ?

हो । रिचार्ज सकिए पनि १०० चाहिँ चलिरहेको हुन्छ । त्यसमा हामीले तपाईँको वरिपरिको पसल बन्द भएमा यो यो नम्बरमा सम्पर्क गर्नुहोला भनेर सूचना गरिरहेका छौँ । 

यो च्यानलमा सूचनाका अतिरिक्त के के प्रसारण हुन्छ ?
यो च्यानलमा हाम्रा डिसहोमका सूचनाहरू, कोभिड–१९ का सूचनाहरू, केही अप्ठेरो पर्‍यो भने के गर्ने र कहाँ सम्पर्क गर्ने नम्बरहरू उपलब्ध गराउने लगायतका जानकारी मूलक सूचनाहरू त्यहाँ दिइरहेको हुन्छौ । 

लकडाउनलाई मध्यनजर गरेर ग्राहकहरूलाई रिचार्ज सुविधा केही दिनुभएको छ ?  

लकडाउनलाई मध्यनजर गरेर हामीले के गरेका छौँ भने सस्तो प्याकेजका ग्राहकहरूलाई पनि च्यानलसंख्या बढाएर लकडाउनको समय काट्न सजिलो होस भनेर ‘नम्बर अफ च्यानल’ थपिदिएका छौँ । फ्री च्यानल, विदेशी न्युज च्यानल र मनोरञ्जनका च्यानलहरू थपिदिएका छौँ । यसमा हामीले अतिरिक्त पैसा नलिई थपिदिएका छौ । 

लकडाउनमा बसेकाहरूको समय काट्ने सजिलो माध्यम जति सक्दो धेरैको पुुर्‍याउन के सोच्नु भएको छ ?  

हामीले मात्र होइन नेपाल सरकारले पनि टिभी सेवालाई अत्यावश्यक बस्तुमा राखेको हुँदा डिसहोमले काम गर्ने ठाउँहरुमा सामाजिक दुरी कायम गरी ६० जना 'कष्टमर सपोर्ट रिप्रिजेनटेटिभ'को व्यवस्था गरेको छ ।  काम गर्ने ठाउँमा सामाजिक दुरी कायम गरेर रिचार्जको लागि टोल फ्री नम्बरमा आएका रिचार्ज लगायतका समस्या समाधानको लागि ६० जनाले सेवा दिइरहनुभएको छ । जुन ग्राहकले नाम नम्बर र ठेगान उपलब्ध गराउनुहुन्छ उहाँहरूको सम्बन्धित ठाउँमा डिलर दाइहरुलाई पठाउने र  रकम प्राप्त हुनासाथ रिचार्ज गरिदिने लगायतका काम उहाँहरूले गरिरहनु भएको छ । सय च्यानल हरेर हाम्रो सम्पर्कमा आएकाहरूलाई जसरी पनि  रिचार्ज सेवा पुर्‍याइ रहेका छौँ । 

लकडाउन सुरु भएपछि सेवा बन्द भएको सङ्ख्या कति छ ? अथवा सम्पर्कमा आएका ग्राहकलाई निश्चित समयको लागि रिचर्जको व्यवस्था गर्नुभएको छ कि ?

छ । तर सङ्ख्या त घट्दोबड्दो भइरहन्छ । यति नै भन्ने हुँदैन । तर केही सङ्ख्या देखिन्छ । सङ्ख्याको कुरा गर्नुहुन्छ भने डिसहोमा टिभी हेर्नेको सङ्ख्या भने बढेको छ ।  यो स्वाभाविक पनि हो  । यही नहोस् भनेर लकडाउनलाई नै मध्यनजर गरे दश दिनको लागि क्रेडिट सुविधा पनि दिएका छौ । यो सेवा लिनको लागि ग्राहकले क्रेडिट इसपेस कस्टमभर आइडी नम्बर (credit  customer ID number) राखेर ३२५०० मा एसएमएस (SMS) गरे दश दिनसम्म चलाउन पाउँछ । तर यसरी लिएको क्रेडिट रकम भने रिचार्ज गर्ने बेलामा काटिन्छ । कतिसम्म भने दिनहुँ आठ हजार ग्राहकले यो क्रेडिट सेवा प्रयोग गरिरहेका छन् । दैनिक जसो आठ हजार ग्राहक क्रेडिट सेवाबाट लाभान्वित भइरहेका छन् ।

क्रेडिट लिएको समयभन्दा लकडाउनको समय थपियो भने अब चाहिँ ग्राहकले रिचार्ज ने गर्नुपर्छ हो ?

हो ।  रिचार्ज गर्नु पर्छ । तर यसको लागि सय नम्बर च्यानलमा दिएको टोल फ्री नम्बरमा फोन गर्नुपर्‍यो र आफ्नो नाम, नम्बर र ठेगाना  टिपाउनु भयो भने कष्टमर सपोर्टका मानिसले तपाईँको नजिकै रहेका डिलर दाइलाई खबर गरिदिन्छन् । तत्काल उनीहरूले चिनजानको रहेछ भने पछि पैसा लिउँला भनेर  रिचार्ज गरिदिन्छन् त कतिले पैसा लिएर रिचार्ज गर्छन् । कितले माेबाइल मार्फत रकम पठाएर पनि रिचार्ज गरिरहेका छन् । 

अन्य ग्राहकरुलाई केही  सुविधा दिनुभएको छ ?

सिनेमाहलहरु बन्द छन् । अतः डिसहोमले सिनामा घरको सुविधा दिइरहेका छाै‌ं । डिसहोमका १०८ र ८८८ च्यानलमा नयाँ नयाँ फिल्ल्महरु पैसा तिरेर पनि हेर्ने व्यवस्था मिलाएका छौँ । अहिले आमा भन्ने फिल्म उपलब्ध गराएका छाैं। अर्को प्लस मुभी भन्ने १०३ नम्बरको च्यानल छ । त्यो च्यानल मार्फत दिनको ४ वटा फरक फरक फिल्महरू पनि दिइरहेका छौँ । डिसहोमले २०८ वटा च्यानलहरू प्रसारण गरिरहेको छ । लकडाउनको बेलामा घरमा बस्नाका लागि डसिहोम एकदमै भरपर्दो साथी भएको छ ।