अमेरिकामा मात्र २८ हजार ५ सय ५४ जनाकाे मृत्यु, विश्वमा १ लाख ३४ हजार ६ सय ३२ जना

अमेरिकामा मात्र २८ हजार ५ सय ५४ जनाकाे मृत्यु, विश्वमा  १ लाख ३४ हजार ६ सय ३२ जना

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ४, २०७७

काठमाडाैँ । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट  बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ ।  

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ । 

अमेरिकामा ६ लाख ४४ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने २८ हजार भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ४८२ जनाको मृत्यु भएको थियो । 

दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २१ हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ६५ हजार नाघेको छ । स्पेनमा भने १८ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ८० हजार नाघेको छ ।  

कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १७ हजार १६७ जना र बेलायतमा १२ हजार ८६८ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार ४४० जना, जर्मनीमा ३ हजार ८०४ जना, नेदरल्यान्ड्समा ३ हजार १३४ जना, स्वीट्जरल्यान्डमा एक हजार २३९ जना, स्वीडेनमा एक हजार २०३ जना र आयरल्यान्डमा ४४४ जनाको मृत्यु भएको छ । 

संयुक्तराज्य अमेरिकामा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यमा अहिले संकटकालको घोषणा गरिएको छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोक्नु भएको छ ।  

परिस्थिति जटिल बनेको भए पनि मानिसको आवागमन र व्यवसाय खोल्नेतर्फ राष्ट्रपति ट्रम्पले प्रस्तावहरू अघि बढाउनु भएको छ, तर राज्यका गभर्नरसँग यही विषयमा मतभेद उत्पन्न भएको छ । 

 प्राप्त जानकारी अनुसार विश्वभर   २० लाख ८४ हजार ४२ स‌ंक्रमित भएका छन भने ५ लाख १५ हजार १ सय ८ आठ जना निकाे भएका छन् र १ लाख ३४ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ । 

कोरोना संक्रमणको पछिल्लो विवरण 

क्र.सं. देश  कूल संक्रमित    निको भएका कूल मृत्यु
१. अमेरिका  ६,४४,३३८ ४८,७०८   २८,५५४
२. इटाली १,६५,१५५ ३८,०९२   २१,६४५
३. स्पेन   १,८०,६५९  ७०,८५३   १८,८१२
४. फ्रान्स १,४७,८६३   ३०,९५५  १७,१६७
५.  बेलायत  ९८,४७६ ३४४ १२,८६८
६ . इरान   ७६,३८९  ४९,९३३   ४,७७७
७.  बेल्जियम ३३,५७३   ४,४४०   ७,१०७
८. जर्मनी  १,३४,७५३  ७७,००० ३,८०४
९. चीन   ८२,३४१ ७७,८९२  ३,३४२
१०.  नेदरल्यान्ड्स २८,१५३ २५०     ३,१३४

      दक्षिण एसिया          

क्र.सं. देश  कूल संक्रमित    निको भएका कूल मृत्यु
१. भारत १२,४५६  १,५१३   ४२२
२. पाकिस्तान   ६,५०५ १,६४५   १२४
३. बंगलादेश   १,२३१ ४२   ४९
४. अफगानिस्तान ७८४  ४३    २५
५. श्रीलंका २३८  ६३
६. माल्दिभ्स २३      १६ -
७. नेपाल  १६   १   -
८. भूटान ५   २   -