सनसिटी आसपासका स्थानीय टोल सुधार समाजद्वार आवत जावत गर्ने नाकाहरू बन्द !

सनसिटी आसपासका स्थानीय टोल सुधार समाजद्वार आवत जावत गर्ने  नाकाहरू बन्द !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ५, २०७७

काठमाडौँ । काठमाडौँको काँडाघारी स्थित, सनसिटी एपार्टमेण्टमा बसोबास गर्ने बेलायतबाट गत चैत्र ४ गते आएका  नागरिकहरूमा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएसँगै एपार्टमेण्ट आसपासका बस्तीहरूमा स्थानीयले उच्च सतर्कता अपनाउन थालेका छन् ।

स्थानीय टोल सुधार समाजहरूको अग्रसरता बढी भिडभाड हुने क्षेत्रहरू तरकारी तथा फलफूल पसल, मासु पसल, खाद्यन्न पसल र खुल्ला ठाउँमा हुने भिडभाडलाई न्यूनीकरण गर्दै, मानिसहरूको चहल-पहल हुने एक बस्तीबाट अर्को बस्तीमा आवत जावत गरी अनावश्यक भिडभाड हुने स्थानलाई स्थानीय टोल सुधार समितिहरूले अत्यावश्यक वस्तु सप्लाईका लागी वैकल्पिक मार्गको व्यवस्था गरी मुख्य नाका बन्द गरेका छन् ।

सङ्क्रमणको जोखिमलाई ख्याल गर्दै केही दिन देखि वैकल्पिक व्यवस्था सहित बस्ती भित्र आवत जावत गर्ने मुख्य नाकाहरू बन्द गरेर स्थानीयलाई सुरक्षित राख्न कोसिस गरेको गोठाटार स्थित हात्तीडाँडा समाजले लक डाउनका कारण अत्यावश्यक सामाग्रीहरू तरकारी, फलफूल, ग्याँस र खाद्यन्न लगायतका सामग्रीहरू स्थानीयको घर दैलोमै पुर्‍याई दिनको लागी संयोजन गरी रहेको छ । 

समाजका सदस्यहरूको आग्रहमा समाजका अध्यक्ष गणेश थापाको अगुवाइमा तरकारी तथा फलफूल व्यबासायीसँग समन्वय गरी ल्याइएको फलफूल तथा तरकारी महासचिव राजु कटुवालको संयोजन मार्फत स्थनियबासीको घर, कम्पाउन्डसम्म पुर्‍याउने काम भएको छ । अपार्टमेन्ट भन्दा डेढ किलो मिटर माथि रहेको हात्तीडाँडा समाजले स्थानीयका लागी खाध्यन्न व्यवसायी, साल्ट ट्रेण्डीङ र तरकारी व्यवसायीसँग समन्वय गरेर अत्यावश्यक सामग्री हप्ताको दुई पटक ल्याई सेवा प्रदान गर्ने जानकारी समाजका अध्यक्ष गणेश थापाले दिनुभयो ।

यसका  साथ साथै उक्त स्थानमा  बसोबास गर्ने र लकडाउनका कारण समस्यामा परेका  असङ्गठित क्षेत्रका मजदुर र दैनिक ज्यालादारी गरेर जीविका चलाएका व्यक्तिहरूलाई राहतको व्यवस्था गर्न लागिएको कुरा अध्यक्ष थापाले जानकारी दिनु भएकाे छ ।

नोवेल कोरोना भाइरस सङ्क्रमणका कारण विश्वै आतङ्कित भई रहेका वेला नेपाल जस्तो सीमित साधन श्रोत भएको देशमा लक डाउनको पूर्ण पालना गरी अनावश्यक भिडभाड नगरी नेपाल प्रहरी, स्वास्थ्यकर्मी र सरोकारवालालाई सघाउन स्थानीयलाई अध्यक्ष थापाले आग्रह गर्नु भएकाे छ ।