राज पाखेको गजल

राज पाखेको गजल

राज पाखे  |  साहित्य  |  बैशाख ६, २०७७

भुलिदिउँला संसार सारा तिम्लाई भुल्नु कसो गरी ?
खसे पनि सारा तारा तिम्लाई भुल्नु कसो गरी ?

संघर्षका यात्राहरू कटाउन सहयोग गर्ने
भेटिएला क्वै सहारा तिम्लाई भुल्नु कसो गरी ?

जबजब मस्तिष्कले 'एक्लै कति जिउँछस् ?' सोध्छ
मुटुले चर्काउँछ नारा तिम्लाई भुल्नु कसो गरी ?

तिम्रा कठोर बचनले यो मुटु चिराचिरा पारी
फुटाए नि अश्रुधारा तिम्लाई भुल्नु कसो गरी ?