सत्तारुढ दलको विद्यार्थी संगठनद्धारा राहत विरतरण

सत्तारुढ दलको विद्यार्थी संगठनद्धारा राहत विरतरण

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ७, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण जारी राखेको छ ।

विद्यार्थीलाई १५ किलो चामल, दुई किलो दाल र एक लिटर खानेतेल वितरण गरिरहेको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिनुभयो । उहाँले लकडाउनका कारण घर जान नपाएका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अहिले खानाका लागि समस्या परेकाले खाद्यान्न वितरण गरिएको बताउनुभयो । अहिलेको अवस्थामा सबभन्दा बढी विद्यार्थीलाई समस्या परेको छ उहाँले भन्नुभयो, त्यसैले विद्यार्थीको कोठा नजिक पुगेर खाद्यान्न पुर्‍यारहेका छाैँ।

अनेरास्ववियुले काठमाडौँको कीर्तिपुरमा बसोबास गर्ने ५०० विद्यार्थीलाई राहत सामग्री वितरण गरेको थियो । अनेरास्ववियूका केन्द्रीय सदस्य नारायण घर्तीका अनुसार आज अनेरास्ववियुले कोटेश्वर, भक्तपुर, नयाँबानेश्वर, मैतीदेवी, कलङ्की, कालिमाटी, चाबहिल, कपनलगायतका १२ स्थानमा करिब ७०० विद्यार्थीलाई खाद्यान्न वितरण गर्दैछ ।

उहाँले शिखर बहुउद्देश्य सहकारी संस्था, जेनी समूहसँग सहयोग मागेर विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको बताउनुभयो ।