गौतमले उपलब्ध गराए १० लाखको स्वास्थ्य सामाग्री

गौतमले उपलब्ध गराए १० लाखको स्वास्थ्य सामाग्री

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७७

काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय उपाध्यक्ष बामदेव गौतमले १० लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ । गौतमले सोमबार प्युठान जिल्लाका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको हो । 

गौतमको पहलमा सय सेट पीपीई, १० हजार थान मास्क, एक हजार बोलत सेनिटाइजर, एक हजार थान ग्ल्बस र दुई हजार थान हेड क्याप्प उपलब्ध गराउनु भएको छ । उहाँले कोरोना रोकथामका लागि बनाइएका क्वारेन्टाइन व्यवस्थित हुनुपर्नेमा बताउनु भएको छ ।