महामारीमा शिक्षा अधिकार सुनिश्चितता निम्ति शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा २० बुँदे आव्हान (आव्हानको पूर्ण विवरणसहित)

महामारीमा शिक्षा अधिकार सुनिश्चितता निम्ति शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा २० बुँदे आव्हान (आव्हानको पूर्ण विवरणसहित)

लोकसंवाद संवाददाता  |  शिक्षा  |  बैशाख ९, २०७७

काठमाडौँ ।शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई)नेपालले कोरोना भाइरस  महामारीमा शिक्षा अधिकार सुनिश्चितताका निमित्त एक आव्हान पत्र जारी गरेकाे छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र यससँग आबद्ध १५ जना शिक्षाविद् एवं शिक्षाअधिकारकर्मीहरुकाे तर्फबाट जारी गरिएको कोरोना भाइरस (कोभिड-१९) महामारीमा शिक्षा अधिकार सुनिश्चितताका निमित्त शिक्षाका लागि राष्ट्रिय अभियान(एनसिई) नेपालको आव्हान नाम  दिएको आव्हान पत्रमा सबै तहका सरकारलाई संयुक्त दायित्वका रूपमा ४ वटा बुँदा, सङ्घीय सरकारका लागि ५ वटा, प्रदेश सरकारकाे लागि २, स्थानीय सरकारलाई ५ वटा र अभिभावक तथा नागरिक समाजको  ४ वटा दायित्व रहेको  निष्कर्ष निकाल्दै सोही अनुसार दायित्व  निर्वाह गर्न आव्हान गरेको हो । 

आव्हान पत्राकाे औचित्य माथि प्रकाश पार्दै भनिएको छ - 'कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिई रहेको छ । यस महामारीले विश्वभरका करिब १.५७ बिलियन (विश्वभरका कुल विद्यार्थी सङ्ख्याको करिब ९२ प्रतिशत) बालबालिका विद्यालय जान सकिरहेका छैनन् । नेपालमा समेत ७० लाख भन्दा बढी बालबालिका हाल विद्यालय जान नपाई घरमै बस्न बाध्य छन् । तर जस्तोसुकै आपतकालिन वा विषम परिस्थितिमा पनि सुरक्षित रूपले शिक्षा प्राप्त गर्नु सबै बालबालिकाको नैसर्गिक मानव अधिकार हो । महामारी वा आपतकालिन अवस्थामा  सबैभन्दा बढी चपेटामा पर्ने  बालबालिकाहरू र उनीहरूको बाल मस्तिष्क हो । तसर्थ महामारीको अवस्थामा बाल मनोविज्ञानमा कुनै नकारात्मक प्रभाव पर्न नदिई  उनीहरूको  सिकाइलाई निरन्तरता दिई  बालबालिकाहरूको समान, समावेशी, गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नु सबै तहका सरकार, विकासका साझेदार, गैर सरकारी संघसस्थाहरू, नागरिक समाज, शिक्षक, अभिभावक तथा सबै सरोकारवालाहरूको  प्रमुख दायित्व हो । तसर्थ हामी नागरिक समाज एवम् शिक्षा क्षेत्रमा क्रियाशील शिक्षाकर्मी, शिक्षाविद्हरुले संयुक्त रूपमा सबै बालबालिकाहरूले निर्बाध र विना भेदभाव शिक्षा पाउने अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हो भन्ने कुरालाई जोड दिई यस कार्यमा सबै तहका सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता सहित स्थानीय, प्रदेश तथा सङ्घीय सरकार समक्ष निम्नानुसारको आव्हान गर्दछौँ ।' भनिएका छ ।   

शिक्षाका लागि राष्ट्रिय अभियान आव्हान यस्तो रहेको पूर्ण  विवरण