कोरोना महामारीः  चुनौती, अवसर र शिक्षा

कोरोना महामारीः  चुनौती, अवसर र शिक्षा

मनिष केएस भट्टराई  |  दृष्टिकोण  |  बैशाख ९, २०७७

चीनको वुहान सहरबाट सुरु भयको कोभिड–१९ले आज महामारीको रूप लिइरहेको छ । यो माहाभारीले विश्वलाई नै अहिले अस्तब्यस्त बनाइरहेको छ । कोभिड–१८ ले संसारलाई  यसरी  तहसनहस  गर्ला  भनेर  कोसैले   सोच्ने त के अनुमान सम्म गरेको अवस्था थिएन । 

 विभिन्न आँकडालाई केलाएर  हेर्दा   विश्व  स्वास्थ्य  सगठनका अनुसार  आजसम्म  संसारमा  करिब  २५ लाख  भन्दा  धेरै  व्यक्ति कोरोना भा रसबाट  सङ्क्रमित  भई सकेका छन् भने  १  लाख  ७०  हजार  भन्दा  धेरैले  अकालमा  ज्यान गुमाउनुपरेको छ ।  

पछिल्लो समयमा कोभिड–१९ ले संयुक्त राज्य अमेरिका सबैभन्दा धेरै आक्रान्त भएको छ । पछिल्लो आँकडा अनुसार करिब ८ लाखमा यो भाइरस सङ्क्रमण भएको छ भने करिब ४२ हजारको हाराहारमा मानिसको मृत्यु भइसकेको छ ।  

नेपालमा आजको दिन सम्ममा ३१ जनामा सङ्क्रमण भएका पुष्टि भएको छ भने ४ जनाले यो भाइरसलाई जितेर घर गइसकेको अवस्था छ । आजसम्म यो भयरसका कारण कसैले पनि मृत्यु भएको छैन । 

 नेपाल विश्वकै तुलनामा  स्वास्थ्य र अन्य भौतिक संरचनाका हिसाबले निकै पछाडि रहेको देशमा भित्र  पर्दछ । यो महामारीले भयानक रूप  लिएको खण्डमा नेपाल सरकार वा नेपालको स्वास्थ्य प्रणालीले त्यसलाई थेग्न निकै निकै काठिन हुने निश्चित छ । त्यस्तो समयमा धेरै मानिसको मृत्यु बाहेक अर्को विकल्प हुँदैन । यो आफैमा निकै गम्भीर विषय पनि हो । 

सायदै कुनै पनि देशमा राष्ट्रमा प्राकृतिक प्रकोप वा महामारी हुँदा सम्पूर्ण मानव जगत् यसरी एकजुट भएको सायदै पहिलो पटक हुनुपर्दछ । यसरी नै मानव जातीमा आइपर्ने महामारी र विपत्तिको एकजुट भए अघि बढ्दा मात्र उत्साहका साथ यस्ता विनाशको प्रतिरक्षा गर्न मानवजातीले सहज रूपमा सक्ने छ । सारा संसार एक अदृश्य जीवबाट त्रसित रहँदा हामीमा धैर्य, साहस, अनुशासन र आत्मबल कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा विश्व समुदायले शिक्षा लिएको हुनुपर्दछ ।  

यहाँनेर एक व्यक्तिको जीवन निकै अमूल्य हुन्छ भन्ने कुरा भुल्नु हुँदैन ।  नेपाल आफैमा स्वास्थ्यको क्षेत्रमा अरू युरोप र अमेरिका जस्तो सक्षम राष्ट्रमा पर्दैन । युरोप र अमेरिकाले आफूले स्वास्थ्यका क्षेत्रमा निकै संवेदनशील राष्ट्रको रूपमा दाबी गर्दै आइरहेका थिए ।  स्वास्थ्य क्षेत्रमा हुने लापरबाही र सरकारी तौड तरिका नेपालमा निकै नाजुक अवस्थामा नै रहेको छ ।  

स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएको अनियमितता र भ्रष्ट्राचार कुरो त्यो पनि यो कोरोना महामारीको समयमा । सरकारले पिपीइ चाइनाबाट खरिद गर्दा अनियमितता र कालोबजारीको कुराले थप जटिल समस्या थपी दिएको छ । यी र यस्ता आपत्तिजनक अवस्थाले झनै आशङ्काहरू पैदा गरिदिएको छ । जनताको स्वास्थ्य त्यसमा पनि चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विशेष ध्यान र प्रबन्ध मिलाउनुपर्ने समयमा झन् सरकारी तवरबाट नै यस्तो भष्ट्राचारको समाचार सुनिनु आफैमा दुःखको कुरा हो । 
 सरकारी स्तरबाट हुने यस्ता गतिविधिका कारण जनतामा त्रास, आक्रोश र चिन्ता हुनु स्वाभाविक हो । भारतसँग मिलेर कोरोनाको विरुद्धको लडाईंमा सँगसँगै रहेको सरकारले प्रतिबद्धता जनाइसकेको छ । यसले सम्पूर्ण देशवासीले राहतको अनुभूति गरिरहेका छन् । सरकारको तर्फबाट आव्हान गरिएको  लकडाउनलाई अपवादलाई छोडेर भन्ने हो भने जनताले साथ र सहयोग मात्र दिइरहेका मात्र छैनन्, त्यसको सकारात्मक प्रभाव समेत परिरहेको छ । 

यसको अलावा सामाजिक दुरी कायम गर्दै र आत्मनुशासन जनता आफ्नै विवेक, चेतना र सावधानीका कारण हालसम्म हामी महामारीबाट उच्च जोखिममा हुँदाहुँदै पनि ठुलो मानवीय क्षति भोग्न परिरहेको छैन ।

नेपालको स्वास्थ्य क्षेत्रमा यस्ता महामारीहरू नहुँदा पनि  निकै चुनौती रहिरहेका छन् ।  जुन चुनौती विगतदेखि नै रहिरहेका थिए । यी चुनौती दिनहुँ जस्तो मुखरित भएर  दिनहुँ जस्तो बढ्ने अवस्थामा रहेका छन् । यस महामारीले हामीलाई त्रसित त अवश्य बनाएको छ । महामारीले चुनौती मात्र होइन हामीलाई धेरै अवसर पनि सँगसँगै ल्याइदिएको छ । 
 हामीले राष्ट्रमा कुन कुन कुरा बढी संवेदनशील रहेछ र यसको पूर्व तयारीको लागि केके गर्नुपर्ने रहेछ भन्ने हामीलाई हेक्का राख्ने चेत दिएको छ । आउने दिनमा सबै मिलेर यस्ता पूर्व सावधानी तयारीमा जुट्ने राम्रो शिक्षा दिलाएको छ ।  कोरोनाले सम्पूर्ण मानवजगतलाई एकजुट हुने पाठ पनि सिकाएको छ एकजुट भएर मात्र कुनै पनि समस्या वा महामारीलाई परास्त गर्न सकिन्छ भन्ने पाठ सिकाएको छ ।  कोरोनाले हामीलाई आजको लागि होइन आउने धेरै वर्षको लागि तयारी गर्नुपर्ने र चालिनुपर्ने कदमको बारेमा सचेत तुल्याएको छ । 

कोभिड–१९ को आक्रमण कुनै विशेष देश, जातजाति, धर्म वा लिङ्गमा नभएर सम्पूर्ण मानव जाती माथिकै आक्रमणको रूपमा विश्वलाई राम्रोसँग अनुभूति दिलाएको छ । जसरी सारा विश्व एक ढिक्का भएर यसलाई परास्त गर्न एकजुट भइरहेको छ । देशभित्र लकडाउन गरेर देशबाहिर सबै देशले आवत जावत बन्द गरेर (एक खालको) अघोषित नाकाबन्दी गरिरहेका छन् ।  यो कुनै देश वा समुदाय लक्षित नभई स्वयं देशले आफैँले आफैलाई गरिरहेका छन् । 

 सायदै कुनै पनि देशमा राष्ट्रमा प्राकृतिक प्रकोप वा महामारी हुँदा सम्पूर्ण मानव जगत् यसरी एकजुट भएको सायदै पहिलो पटक हुनुपर्दछ । यसरी नै मानव जातीमा आइपर्ने महामारी र विपत्तिको एकजुट भए अघि बढ्दा मात्र उत्साहका साथ यस्ता विनाशको प्रतिरक्षा गर्न मानवजातीले सहज रूपमा सक्ने छ । सारा संसार एक अदृश्य जीवबाट त्रसित रहँदा हामीमा धैर्य, साहस, अनुशासन र आत्मबल कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा विश्व समुदायले शिक्षा लिएको हुनुपर्दछ ।  

तसर्थ, २०२० महामारी मात्र होइन नयाँ सिकाइको पाठ पनि लिएर आएको छ ।  अझ पनि चुनौतीका पाहाड नै हाम्रा सामु रहेका छन् । कोभिड–१९ ले मानिसको स्वास्थ्यमा मात्र होइन राजनीतिक, सामाजिक, धर्म र  संस्कारमा समेत गम्भीर खालको चुनौतीलाई अगाडि सारी दिएको छ । यसलाई मानव जगतले अवसर र ज्ञानको रूपमा रुपानतरण गर्नुको विकल्प पनि छैन ।  अवसर र ज्ञानका रूपमा लिन सके मात्र 

भविष्यमा देखा पर्ने  र आउन सक्ने विभिन्न खाले चुनौतीसँग लड्न मानव जगत् सक्षम हुनेछ । समग्रमा कोरोना महामारीले जुन क्षति पुर्‍याएको छ र पुर्‍याउने वाला छ यसको परिपूर्तिका लागि मानव जगतले ठुलै मूल्य चुकाउनु पर्ने त छँदैछ । 

यसको लागि  कुनै पनि र कसै प्रति पनि पूर्वग्रह नराखी अघि बढेमा हामी एक सबल राष्ट्र र सक्षम नागरिकको भएको देश ठहर्न धेरे समय लाग्दैन ।  कोभिड–१९ ले हामी र  सम्पूर्ण विश्व समुदायलाई प्राकृतिक चुनौतीका साथसाथै जिम्मेवारीको शिक्षा राम्रोसँग दिलाएको हुनु पर्दछ ।  हामीले यसलाई सकारात्मक शिक्षाको रूपमा ग्रहण गर्नु नै  बुद्धिमानी र सम्पूर्ण मानबजाती प्रतीक उत्तरदायित्व समेत हुनेछ ।