नेपालमा कोरोनाबाट पूर्ण निको हुनेको संख्या ५ पुग्यो

नेपालमा कोरोनाबाट पूर्ण निको हुनेको संख्या ५ पुग्यो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख ९, २०७७

कोरोना संक्रमित भइ अहिले पूर्णरुपमा निको हुनेको संख्या ५  पुगेको छ । मंगलबार सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमणको उपचार गराइरहेका एक व्यक्ति डिस्चार्ज गरेसँगै ५ पुगेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका–५ निवासी ३४ वर्षीय पुरुष उपचारपछि निको भएर डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

यसअघि सेतीमै उपचाररत लम्कीचुहा नगरपालिकाका २१ वर्षीय पुरुषका साथै काठमाडौंमा २ जना र बाग्लुङमा १ जना उपचारपछि ठिक भएर घर फर्किएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३२ जनामा कोरोना संक्रमण देखिएको छ भने ५ जना ठिक भएका छन् भने २७ जना उपचाररत रहेका छन् ।