राज सिग्देलको मार्मिक गीत 'झरेको जीवन' नामक म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

राज सिग्देलको मार्मिक गीत 'झरेको जीवन' नामक म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  बैशाख १०, २०७७

काठमाडाैँ । डिलाईटेड नेपालको प्रस्तुति गीतकार डीपी दाहाल 'परिश्रमी'को रचनामा रहेको गीत झरेको जीवनको लिरिकल म्युजिक भिडियो सार्वजनिक भएकोछ ।

डिलाईटेड नेपाल युट्युब च्यानल मार्फत बजारमा ल्याइएको सो गीतमा लोकप्रिय गायक राज सिग्देलको मार्मिक स्वर रहेको छ। लामो समयदेखि सङ्गीत सिकाएर बसेका सङ्गीतकार लालबहादुर सुब्बाले यस गीतमा सङ्गीत दिनु भएको छ । सङ्गीत उतिकै मन छुने रहेको छ ।

हत्केला हेर्छु देखिन्छन् रेखा सलसली बगेका
नियाल्छु शिर, निधार उस्तै, विशाल परेका
अब्जसको भारी दिनदिनै बढ्छ चोटमा पर्याछु
भाग्य नै हो कि, न लेख्या यस्तो दुःखमा पर्याछु 

यो गीत वास्तवमै जति धेरै सुन्यो त्यति कर्णप्रिय बनेको देखिन्छ । गीतकार परिश्रमीका अनुसार यो गीतमा नेपाली समाजमा रहेको हातका रेखा र तालुलाई लिएर काटिने अड्कलबाजीहरू र तिनै अड्कलबाजी र हात लाग्ने वास्तविकतालाई गीतले बोलेको छ । 

अर्काले देख्दा के देख्छ देख्छ भित्री मन जान्दैन
फूलेको छ कि झरी नै सक्यो बोटलाई चिन्दैन
इमानको रोटी त्यो पनि जुठो धोकामा पर्याछु
भाग्य नै हो कि न लेख्या यस्तो दुखमा पर्याछु

निकै नै चोटिला यथार्थ धरातलमा रहेका शब्दहरू गीतमा पाइन्छ । सबैले यस गीतलाई सुनेर सल्लाह सुझाव उपलब्ध गराई दिन गीतकारले सबैलार्य अनुरोध पनि गरेका छन् ।
 

झरेको जीवन  म्युजिक भिडियो यहाँ पनि हेर्न सिकन्छ