कुकुरको टोकाइबाट दुर्लभ रतुवा मर्‍यो

कुकुरको टोकाइबाट दुर्लभ रतुवा मर्‍यो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७७

दाङ ।  दाङमा कुकुरको टोकाइबाट दुर्लभ रतुवा आज मरेको छ ।

 जंगलबाट निस्केको रतुवालाई राजपुर गाउँपालिका वडा नं २ बेलामा मङ्गलबार घरपालुवा कुकरले टोक्दा  घाइते भएको थियो ।

रतुवा उपचारका क्रममा मरेको डिभिजन वन कार्यालय, देउखुरीका प्रमुख प्रवीण बिंडारीले जानकारी दिनुभयो । 

‘रातेबाख्री’ करीब १८ किलोको थियो । उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने यो जनावर जिल्लामा अहिले लोप हुँदै गएको छ ।

साहाकाहारी तथा स्तनधारी रतुवा कुनै समय जिल्लाका वनमा प्रशस्त पाइन्थ्यो ।

यसको आयु १६ देखि २० वर्षसम्म रहने गरेको बताइएको छ ।