प्रहरीको नियन्त्रणमा रहेका १७ थुुनुवाको आरडिटी नेगेटिभ

प्रहरीको नियन्त्रणमा रहेका १७ थुुनुवाको आरडिटी नेगेटिभ

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख १०, २०७७

सर्लाही । प्रहरीको नियन्त्रणमा रहेका १७ थुनुवाको कोरोना आरडिटी नतिजा नेगेटिभ  देखिएको  छ ।  जिल्ला प्रहरी कार्यालयमा विभिन्न अभियोगमा पक्राउ परी हिरासतमा रहेका तिनको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

थुनुवाको ¥यापिड डायग्नोष्टिक टेष्टपछि मात्र म्याद थप गर्नेसम्बन्धी महान्यायाधिवक्ताको कार्यालयबाट परिपत्र आएपछि जिल्ला प्रहरी कार्यालयकोे हिरासतमा  रहेका  तिनको आरडिटी गरिएको प्रहरी उपरीक्षक पोखरेलले  जानकारी दिनुभयो । महान्यायाधिवक्ताको कार्यालयको परिपत्र आए पनि थुनुवाको स्वास्थ्यको जिम्मेवारी  प्रहरीको  भएकाले  उनीहरुको आरडिटी गरिएको बताइएको छ ।
  
हालसम्म सर्लाहीमा भारत तथा अन्य देशबाट आएका ९७ र जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका १७  जनाको आरडिटी भइसकेको प्रमु्ख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो ।