जिल्लाभन्दा बाहिरबाट आउनेलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा

जिल्लाभन्दा बाहिरबाट आउनेलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख १०, २०७७

डोटी । जिल्ला प्रशासन कार्यालयले डोटी जिल्लाभन्दा बाहिरबाट आउने नागरिकलाई २१ दिन अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको प्रकोप व्यवस्थान केन्द्र जिल्ला स्तरीय समितिको बैठकले आजबाट लागू हुनेगरी अन्यत्र जिल्लाबाट आउनेलाई अनिर्वाय क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । विश्वभर कोरोना भाइरस सङ्क्रमण बढीरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि त्यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, 'कोरोनाको संक्रमण हुन नदिन र नागरिकलाई सुरक्षित राख्नका लागि आजदेखि लागू हुनेगरी जिल्ला बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छौँ । निर्णयको पूर्णरुपमा पालना गरिने छ ।' जिल्ला बाहिरबाट आउनेलाई सम्बन्धित स्थनीयतहले एक स्थानमा सम्पूर्ण व्यवस्थापन गर्ने गरेर अनिवार्यरुपमा २१ दिन क्वारेन्टिनमा राख्ने र ¥यापीड डाइग्नोष्टिक टेस्ट ९आरडीटी० जाँचपश्चात रिर्पोटको आधारमा मात्र घर फर्काउन जिल्लास्थित सम्बन्धीत सबै स्थानीयतहलाई जानकारी गराईसकेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

जिल्लाका सबै स्थानीय तहले तयार गरेका क्वारेन्टाइमा भारतलगायत अन्य मुलुकबाट आएकालाई पहिलो चरणमा २१ दिन राखिएको थियो । समयावधी पुगेका र आरडीटी जाँचपश्चात सबैको रिर्पोट नेगेटिभ आएपछि सबैलाई घर पठाईएको हो । पछिल्लो समय जिल्लाको बडीकेदार गाउँपालिकाले ज्योतिपुञ्ज बहुमुखि क्याम्पस बिपिनगरमा स्थापना गरेको क्वारेन्टाइनमा १२ जना काठमाडौंबाट र ४ जना कैलालीबाट आएकालाई राखीएको छ भने जिल्लाका अन्य स्थानीय तहले तयार गरेका क्वारेन्टाइन हाल खाली छन् ।