समाजवादी र राजपाबिच पार्टी एकताः बन्यो जनता समाजवादी पार्टी (एकताको सहमति पत्रसहित)

समाजवादी र राजपाबिच पार्टी  एकताः बन्यो जनता समाजवादी पार्टी (एकताको सहमति पत्रसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०७७

काठमाडाैँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार अबेर राति पार्टी एकता भएकाे  घोषणा गरिएकाे छ।

एकता भएपछिकाे पार्टीकाे  नाम अब  'जनता समाजवादी' राखिएको छ।

पार्टी एकताकाे क्रममा  झण्डा र चुनाव चिह्नकाे पनि टुङ्गाे लगाइएकाे छ । अब   एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङको बीचमा तारा हुने सहमति भएको छ भने चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता प्रयाेग गर्ने सहमती जुटाइएकाे छ । 

लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो। पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राख्ने सहमित समेत भएकाे छ । 

प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले बुधबार राति नै एकता घोषणा गरेकाे जनाइएकाे छ ।  समाजवादी पार्टी फुटाउन सात सांसदले तयारी गरेपछि त्यसलाई रोक्न हतारमा समाजवादी र राजपाले एकता गरेका  गरको बताइएकाे छ । 

राजपाकी वरिष्ठ नेता निर्जला राउतको भैसेंपाटीस्थित घरमा बसेको दुई पार्टीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो। एकताको चार बुँदे सहमतिपत्रमा राजपाकाे तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी र  समाजवादी तर्फबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरिएकाे छ । 

एकताको सहमति पत्र यस्ताे छ ।