राष्ट्रपतिद्वारा जारी  दुई अध्यादेश खारेज

राष्ट्रपतिद्वारा जारी  दुई अध्यादेश खारेज

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७७

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ ।

ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो ।

नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।