स्वाब विराटनगर पठाइयो

स्वाब विराटनगर पठाइयो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख १६, २०७७

उदयपुर । कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुरबाट सोमबार ९१ जनाको स्वाब नमूना परीक्षणका लागि कोशी जनस्वास्थ्य प्रयोगशाला विभाग विराटनगर पठाइएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार आइतबार ८३ र सोमबार थप आठ जनाको स्वाब नमूना सङ्कलन गरेर पठाइएको हो ।

त्रियुगा नगरपालिका गाईघाट डिएमगेट टोलका मुस्लिम नागरिक, मोतीगडा, जिल्लाका केही स्वास्थ्यकर्मीसहित भुल्के क्षेत्रका नागरिकको स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताउनुभयो । पठाइएको नमूना सङ्कलनको रिपोर्ट बुधबारसम्ममा आउने अपेक्षा गरिएको छ । कोरोना सङ्क्रमणको अवस्था सामान्य बन्दै गएका कारण अब आवश्यकता र मागअनुसार मात्र स्वाब नमूना सङ्कलन गर्न लागिएको प्रमुख सुबेदीले बताउनुभयो । उदयपुरमा कोरोनाबाट २८ सङ्क्रमित भएका छन् ।